back
NMB ad

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज बजार १०.२७ अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक २१२३.८२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज जीवन बीमा समूह ४.५५ अंकले घटेको छ भने यी बाहेका सबै समूहहरु हरियाली बनेका छन् ।

उक्त दिन कारोबार रकम भने खुम्चिएको छ । आज २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँ बराबरको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज शिवम सिमेन्ट र नबिल बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त दिन शिवम सिमेन्टको १३ करोड ८९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कम्पनीको आज १ लाख ७५ हजार २७६ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य ७८५ रुपैयाँ कायम भएको छ ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको १२ करोड ७३ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आज बैंकको १ लाख ५६ हजार ३६३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज बैंकको सेयर मूल्य भने ८१७ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन २२ आइतवार १५:४३ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...