back
NMB ad

धौलागिरी लघुवित्तको आईपीओ भर्दै हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस् !

Kumari bank ad

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आज अर्थात साउन २४ गतेदेखिआईपीओ निष्काशन भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

उक्त आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कस्तो छ त कम्पनीको वित्तीय अवस्था ?

धौलागिरी लघुवित्त वित्तीय संस्थाले साढे २ करोड बढी नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ ।

गत आवमा कम्पनीले २ करोड ६० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा २५.६९ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ५० लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १४.६० प्रतिशतले बढेर १० करोड २१ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, गत आवमा कम्पनीको संचालन मुनाफा पनि ७०.०९ प्रतिशतले गिरावट आई ९७ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ११ करोड ६९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि ३.१० प्रतिशतले वृद्धि भई ४.३७ प्रतिशत पुगेको छ ।

अन्य विस्तृत विवरणका लागि

वि.सं.२०७९ साउन २४ मंगलवार ११:१४ मा प्रकाशित

You can share this post!

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...