back
NMB ad

नेपाल र चीनबीच ८ बुँदे सहमतिः पेट्रोल र ग्यासको दीर्घकालीन कारोबार

Kumari bank ad

पुस १०,उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन सरकारसँग आज बेइजिङमा ८ बुँदे सहमति गरेका छन् । यो सहमतिसँगै नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्नका लागि गर्ने भनिएको सम्झौताको तयारी कार्य तीब्र रुपले अगाडि बढेको छ ।

बेइजिङमा भएको परराष्ट्रमन्त्री स्तरीय सहमतिमा यस विषयलाई थप अगाडि बढाउने टुङ्गो लागेको हो । नेपाली वार्ताटोलीका एक सहभागीले बताए अनुसार पेट्रोलियम सम्झौता गर्नका लागि नै नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराई र वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव नवराज ढकाललाई बेइजिङ बोलाइएको छ । भट्टराई र ढकाल शुक्रबार अपरान्ह बेइजिङ पुगेका छन् ।

८ बुँदे सहमतिमा पनि दुई देशका व्यवसायीहरुबीच पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापारलाई प्रोत्साहन गरिने उल्लेख छ । यो बुँदाले इन्धन सम्झौता दुई पक्षीय व्यावसायीक रुपमा हुने संकेत गरेको छ र अब यसका लागि नेपाल आयल निगम तथा वाणिज्य मन्त्रालयलाई सम्झौता गर्न बाटो खुलाएको छ ।

भूकम्पपछि नेपाल भ्रमण गर्न बन्देज लगाइएका चिनियाँ पर्यटकलाई चीन सरकारले फुक्का गरेको छ । शुक्रबार बेइजिङमा भएको दुई पक्षीय सहमतिमा चीन सरकारले आफ्नो कन्सुलर अफिसमार्फत आफ्ना नागरिकलाई नेपाल घुम्न सुरक्षित रहेको सूचना सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । वर्ष २०१६ भरी नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई भीसा शुल्क नलाग्ने घोषणा परराष्ट्र मन्त्रीले गरेका छन् । गत बैशाखमा गएको विनासकारी भूकम्पपछि चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न अनुमति दिएको थिएन । पर्यटक मात्र नभएर नेपालमा कार्यरत कतिपय चिनियाँ परियोजनाका चिनियाँ कर्मचारीलाई समेत नेपाल जान दिइएको थिएन ।

त्यसैगरी बोआवो फोरममा चिनियाँ राष्ट्राध्यक्ष सी जिन पिङले अरनिको राजमार्गको पुनर्निर्माण तथा विस्तार गर्नका लागि घोषणा गरेको सहयोगमा पनि दुई पक्षीय सहमति भएको छ । चीनले नेपाली उत्पादनलाई प्राथमिकता दिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । चीनको युन्नान प्रान्तमा हरेक दुई वर्षमा हुने चीन दक्षिण एसिया एक्स्पोमा नेपाली उत्पादनलाई उच्च प्राथमिकता दिने कुरा चीनले बारम्बार दोहोर्‍याउँदै आएको छ ।

शुन्य भन्सार दरमा नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवेश गराउने सैद्धान्तिक सहमति पहिले नै भएको भए पनि नेपाली व्यवसायीले विभिन्न झन्झट बेहोर्नु परेको गुनासो गर्दै आएका थिए । अहिलेको सहमतिले नेपाली उत्पादनलाई सहज रुपमा चिनियाँ बजारमा प्रवेश गराउने कुरामा चीनले निकै खुकुलो नीति लिने बताएको छ । यससँगै नेपालको आवश्यकता अनुरुप औद्योगिक प्रणाली स्थापना गर्न पनि चीनले सघाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाललाई अन्तर्देशीय व्यापारमा अरु सुविधा दिन पनि चीन तयार भएको छ । शुक्रबार भएको सहमतिमा वर्तमान नाकालाई पुन प्रयोग गर्ने कुरामा नेपालले राख्दै आएको तातोपानी नाकालाई सुचारु गर्ने कुरामा चीनले सहमति जनाएको छ । चीनले केरुङ नाकालाई प्राथमिकतामा राखे पनि नेपालको बारम्बारको आग्रहपछि तातोपानी नाकालाई पनि सुचारु राख्ने सहमति जनाएको हो । साथै थप नाका खोल्न पनि चीनले सहमति जनाएको छ । नाका खोल्ने कुरालाई चीनले नेपालको अन्तर्देशीय व्यापार वृद्धिमा सहयोग गर्ने उल्लेख गरेको छ ।

चीनले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणको निमन्त्रणा पनि गरेको छ । उच्चस्तरीय आदानप्रदान भ्रमण अन्तर्गत आगामी वर्ष सन् २०१६ मा नेपालका प्रधानमन्त्रीको भ्रमणको निमन्त्रणा गरेको छ भने उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रपति विद्या भण्डारीले चीनका राष्ट्राध्यक्ष सी जिन पिङलाई नेपाल भ्रमणका लागि गरेको निम्तो चीनका परराष्ट्रमन्त्री वाङ यीमार्फत हस्तान्तरण गरेका छन् ।

वि.सं.२०७२ पुस १० शुक्रवार १९:४४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...