back
NMB ad

३५ करोड बढी नोक्सानीमा नेपाल लाइफ इन्स्योरेन्स, भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ७१ करोड

प्रतिसेयर आम्दानी पनि ऋणात्मक, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३५ करोड बढी नोक्सानीमा रहेको छ ।

कम्पनीले शुक्रबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार गत आवमा कम्पनी ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवमा ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ नाफा गरेको कम्पनी गत आवमा भने ऋणात्मक देखिएको हो । गत आवमा कम्पनीको खर्च वृद्धि भई आम्दानीमा गिरावट आएका कारण नोक्सानीमा गएको हो ।

अघिल्लो आवमा कम्पनीको ९२ करोड ९६ लाख ३ हजार रुपैयाँ आम्दानी गरेकोमा गत वर्ष भने १५.८९ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीको आम्दानी ७८ करोड १८ लाख ७५ हजार रुपैयाँमा सिमित भएको छ ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आजर्न रकम ३५ अर्ब ४४ करोड ४९ लाख ३१ हजार रुपैयाँ कायम पुगेको छ । अघिल्लो आवमा भने कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ३२ अर्ब ३६ करोड ९७ लाख ५६ हजार रुपैयाँ मात्र रहेको थियो ।

कम्पनी गत आवमा १३ अर्ब ३२ करोड ७१ लाख ९ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ७१ करोड ५२ लाख ६० हजार रुपैयाँ देखिएको छ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २८ करोड ८३ लाख ७० हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक देखिएको छ। अघिल्लो आवमा ७ रुपैयाँ ४४ पैसा रहेको प्रतिसेयर आम्दानी गत आवमा भने ४ रुपैयाँ ३० पैसा ऋणात्मक देखिएको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १७३ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ।

वि.सं.२०७९ साउन २७ शुक्रवार १२:०१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...