back
NMB ad

देशै पर्यटनमय बनाउने दिर्घकालिन रणनीतिको खाँचो 

Kumari bank ad

विदेशीले पर्यटनमा लोभ्याए

मनास्लु हिमालको आरोहण लगायत काठमाडौ, नुवाकोट, धादिङ हुँदै गोरखा/पोखरा जाने रोयल ट्रेक धादिङ (हाम्रै गाउँ) हुँदै जाने र विदेशीहरुको आगमन, बोलाई चलाईले पर्यटन प्रति आकर्षण गर्यो । गाउँकै आदरणीय व्यक्तित्व पर्यटनका गुरु हरि रिमाल, ज्ञानु रिमाल लगायतको सुझाव, सल्लाहपछि २०४९ मा ठमेलमा फष्ट इन्भारोमेन्टल कम्पनी खोलियो । म (ठाकुरराज पाण्डे), नवराज दाहाल, गणेश सिंखडा र अर्जुन ढकाल ४ जना मिलेर सुरुमा कम्पनी खोलेका थियौं । सामुहिकरुपमा १४ वर्ष अगाडि बढाईयो । अहिले अरु व्यवसाय विस्तार गर्दै छुट्टै कम्पनी चलाउन गए म एक्लैले पुरानो कम्पनी अगाडि बढाईरहेको छु ।

हिमाल र हिउँमा दुख, रम्दै गए पछि सुख

पर्यटन दुःख र सुखको संगम हो । जहाँ दुःख छ, त्यहा सुख हुन्छ । हिमाल जाँदा हिँउमा दुःख र त्यसमा रम्नेमा फेरी सुख हो । हिमालमा जति चुचुरोतर्फ लम्किदै गईन्छ, अब कस्तो होला भन्ने कौतुहलता बढ्दै जाने रहेछ । एभरेष्ट, अन्नपूर्ण, लाङटाङ, सुदुरपश्चिमका रारा, कंचनजंघा, ५ हजार मिटरसम्मको सेरोफेरोमा हामी शारीरिकरुपमा उपस्थित भएका छौं । त्यसपश्चात क्लाइम्बिङ, एक्पिडिसन प्रोफेसनल सरदारहरुलाई काम अगाडि बढाएर हामी अगाडि बढिरहेका छौं ।

अरुलाई रोजगारी प्रदान गर्नु जिन्दगीको सबैभन्दा खुसीको दिन रहेछ । आफुले खाँदा अरुलाई पनि खुवाउने भनेको सबै भन्दा खुशीको दिन रहेछ । यो संस्थाबाट सयौं ट्रेकिङ कम्पनीहरु जन्मेको, सयौंले बिदेशमा गएर रोजगारी पनि दिईरहेका छन् ।

पहिले र अहिलेको पर्यटन

हामीले ट्रेकिङ चलाएको २४ वर्ष भयो । पर्यटनमा पोर्टर, गाईड हुँदै हामीले क्यम्पिङ ट्रेकबाट सुरु गर्यौं । टेन्ट भित्र सुत्नु पर्ने, धेरै कुक, शेर्पाहरुलाई लैजानुपर्ने अवस्था थियो । अहिले टि हाउस टुरीजमले ठाउँ ओगटेको छ । टि हाउस आएको १२ वर्ष जति भयो । क्याम्पिङ ट्रेकमा २ जना बिदेशी आयो भने १५ जनाले काम पाउँथे । त्यो अथाह पर्यटन थियो । अहिले २ जना बिदेशी आयो भने एउटा गाईड र एउटा पोर्टर भए पुग्छ ।
हेल्लो ! हाउ आर यू भनेर ३ महिना, ४ महिना लगाएर चिठी पठाएर बल्ल त्यसबाट निधो भएपछि पर्यटकलाइ ल्याउने काम गरिन्थ्यो । अहिले एक सेकेण्ड सबै काम बन्छन् । आईटी, इन्टरनेटले टुरीजममा छलाङ नै मारेको छ ।

ठाकुरराज पाण्डे, महासचिव, नेपाल पर्वतारोहण संघ (एनएमए)
ठाकुरराज पाण्डे, महासचिव, नेपाल पर्वतारोहण संघ (एनएमए)

७० नाघेका विदेशी माउन्टेनेरिङमा किन ?

ट्रेकिङ र माउन्टेनेरिङ भनेको युथ टुरिजम हो । एड्भेन्चरस टुरीजम आँट भएका युवाको हातमा आउनुपर्छ । शारीरिक रुपमा स्वस्थ भएकाले ट्रेकिङ र माउन्टेनेरिङ गर्ने हो । उमेरले ७० काटेपनि किन विदेशीहरु माउन्टेनेरिङमा आउँछन् भन्दा हप्तामा एकदिन क्लाइम्बिङ गर्ने हो भने मुटुसम्बन्धी रोग नै नलाग्ने रहेछ । त्यति स्वस्थ बनाउने कारण नै विदेशीहरु झुम्मिन्छन् ।

विश्वकै अब्बल दर्जाको आरोही नेपाली

आज भन्दा झण्डै ४३ वर्ष अगाडि नेपालको पर्वतीय पर्यटनको संबद्र्धन र संरक्षण गर्नको लागि स्थापीत संस्था नेपाल पर्वतारोहण संघ हो । एनएमए भन्दा अगाडि माउन्टेन ट्रेनिङदेखि सम्पूर्ण गतिबिधि दार्जिलिङको एचएमएले गथ्र्यो । तत्पश्चात् एनएमए मार्फत सबै काम नेपालमै हुन थाल्यो । ४३ वर्षको दौरानमा थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय आरोहीहरु जन्माएको छ । यसको मुख्य उद्देश्य माउन्टेन सेफ्टी र सेक्युरिटीको निम्ती दक्ष जनशक्ति उत्पादन गर्ने हो । पहिले माउन्टेनेरिङ गाईड बन्न पुरै युरोप जानुपर्ने थियो । तर आज तीनै युरोपियनहरुले उनीहरु भन्दा पनि अब्बल दर्जाको आरोही उत्पादन नेपालले गर्यो भनेर नेपाल पर्वतारोहण संघले तालिम दिएका आरोहीहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिएका छन् ।

४३ वर्षमा एनएमएले उत्पादन गरेका करिब ९ हजार आरोहीहरु नेपालमै काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय आरोही समेत जोडेर यो संख्या धेरै हुन आउँछ । बेसिक (आधारभुत) माउन्टेनेरिङ ट्रेनिङ, एडभान्स माउन्टेनेरिङ ट्रेनिङ, रेस्क्यु ट्रेनिङ, आइस क्लाईम्बिङ ट्रेनिङ, रक क्लाइम्बिङ ट्रेनिङ, स्किकर क्लाइम्बिङ गरेर वर्षै भर एनएमएले तालिम प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।

विश्व पर्यटन बजारमा एनएमए

एनएमए एक अन्तर्राष्ट्रिय संस्था पनि हो । विश्व पर्वतारोहण महासंघ र एसियाली अल्पाईन एसोसियसन दुवैले विश्वभरको माउन्टेन गतिबिधि हेर्दछन् । यिनीहरु मार्फत एनएमएको अन्तर्राष्ट्रिय सम्बन्ध छ । यी संस्थाहरुमा ६ महिना वा वर्ष दिनमा हुने विभिन्न सेमिनारमा एनएमएले भाग लिन्छ । त्यहाँ नेपालमा भएका सबै गतिबिधिको रिपोर्टिङ हुन्छ । अनि विश्वका गतिबिधि पनि त्यहाँ आउँछ । त्यसले गर्दा नेपालको पर्वतीय पर्यटनलाई विश्व पर्यटन बजारमा अगाडि बढाउन संघको अहम् भूमिका रहेको छ ।

दुई वर्ष प्राकृतिक प्रकोप, सगरमाथा एभिलियन्स, हुदहुद, भूकम्पले नेपालको पर्वतारोहण, पर्वतीय पर्यटनमा सगरमाथा आरोहण लगायत अरु आरोहण ठप्प भयो । त्यसैले यसपालीको आरोहणमा जीवन मरणको सवाल छ, यदि पर्वतीय पर्यटकलाई शिखरमा पुर्याउन सकेनौं भने नेपालको पर्वतीय पर्यटनमै प्रश्न उठ्छ भनेर आरोहण टिमलाई सफलतापूर्वक ठाउँमा पुर्याउनुपर्छ भनेर लाग्यौं । एनएमए ट्रेनिङ कमिटिका पासाङ तेन्जी शेर्पाको नेतृत्वमा ९ जना आरोहीले हिँउ भन्दा पनि तल पुगेर जीवनको परवाह नगरीकन पहिला सगरमाथाको बाटो खोले । उनीहरु धन्यवादको पात्र भएका छन् । तत्पश्चात् हिमालको फेदमा र बाहिर रहेका आरोहीहरुलाई पनि नेपालको आरोहण गर्न सकिने रहेछ भन्ने पार्न सकिएको छ ।

ठाकुरराज पाण्डे, महासचिव, नेपाल पर्वतारोहण संघ (NMA)
ठाकुरराज पाण्डे, महासचिव, नेपाल पर्वतारोहण संघ (NMA)

मंसिरमा एनएमएको नयाँ भवनको जग

आउँदो मंसिर पहिलो हप्ता एनएमएको नयाँ भवन निर्माण जग हाल्ने गरी योजना अगाडि बढेको छ । जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माण सम्पन्न गर्नेगरी राष्ट्रियरुपमा ख्याति कमाएकाहरुले टेण्डर पारेका छन् । नेपाल पर्यटन बोर्ड डिजाईन गर्ने एमएल कायस्थले एनएमएको भवन बनाउने ठेक्का पारेका छन् ।

विश्वकै नमुना माउन्टेन म्यूजियम पोखरामा

पोखराको अन्तर्राष्ट्रिय माउन्टेन म्युजियमलाई विश्वकै नमुना म्यूजियम बनाउने गरी त्यसको स्तरोन्नती गर्ने काम भईरहेको छ । त्यसलाई विभिन्न हिसाबले पर्वतीय तिर्थस्थलको रुपमा विकास गर्नेगरी अगाडि बढाईनेछ ।

मनाङमा माउन्टेनेरिङ स्कूल, ककनीमा क्लाइम्बिङ

ककनीमा १ सय ५५ रोपनी जग्गामा अन्तर्राष्ट्रिय स्तरको मेमोरियल पार्क जुन ठूला ठूला आरोहीहरुको सम्झनामा स्थापीत छ । गुरुयोजना बनाएर त्यहि मेमोरियल पार्कको क्लाम्बिङ वाल र अन्य संरचनाको स्तरोन्नति गर्ने काम भईरहेको छ । मनाङमा माउन्टेनेरिङ स्कूल अगाडि बढिरहेको छ । थिमिचो, तिम्बु क्षेत्रमा पनि पोर्टर सेल्टरहरु अगाडि बढेका छन् । भूकम्पपछि युएनडब्लुएफपी सँगको सहकार्यमा सिन्धुपाल्चोक र दोलखामा गरिएका गतिबिधिबाट बचेको पैसाले माउन्टेन ट्रेल बनाउने र भूकम्पले भत्केका गुम्बा, स्कूल आदि बनाउने काम भईरहेको छ ।

देशभर च्याप्टर गठन हुँदै

नेपाल सरकारले नेपालको पर्वतीय पर्यटन र दक्ष जनशक्ति उत्पादनका निम्ति भनेर एनएमएलाई ३३ वटा चुलीहरु दिएको थियो । पाँच हजार आठ सय मिटरका ६ वटा चुलीहरु राज्यले ट्रेकिङ चुलीमा गाभिसके पछि हामी सँग २७ चुली मात्रै छ । त्यहि २७ चुलीबाट आएको सेवा शुल्क अन्तर्गत माउन्टेन टुरिजम सँग सम्बन्धित आरोहीहरु उत्पादन गर्ने, पोर्टर सेल्टरहरु बनाउने, र अहिले बिदेशीको सहयोग सहितमा एमआरडिएस फण्ड तयार गरेका छौं । फण्डबाट आरोहणमा जाँदा मृत्यु भएकाहरुको परिवारका सदस्यलाई स्वास्थ्य, शिक्षाको खर्च बेहोरिन्छ ।

निकट भविष्यमा एनएमएलाई च्याप्टर शिष्टममा देशैभर संजाल बनाइन्छ । त्यसअन्तर्गत अहिले साईपाल च्याप्टर बन्दै छ । पुथा, सिस्ने, कान्जिरोवा, गणेश हिमाल च्याप्टर, अन्नपूर्ण च्याप्टर, मनास्लु च्याप्टर, लाङटाङ, जुगल हिमाल यी आठ हजार मिटर उचाई भन्दा माथिका र नाम चलेका अन्य केही हिमालहरुका नामबाट एनएमएले च्याप्टर बनाउँछ । त्यो च्याप्टरले सदस्यका रुपमा काम गर्ने गरी काम अगाडि बढिरहेका छन् ।

ठाकुरराज पाण्डे, महासचिव, नेपाल पर्वतारोहण संघ (एनएमए)
ठाकुरराज पाण्डे, महासचिव, नेपाल पर्वतारोहण संघ (एनएमए)

पर्यटनमा अहिलेसम्म व्यक्ति धनी भए समुदाय धनी भएन

अहिले काठमाडौबाट नजिक रहेको धादिङको पाल्दोर बेसक्याम्प (४ हजार २ सयको उचाई) मा नेपालकै पहिलो अन्तर्राष्ट्रिय हिमालयन माउन्टेन हट बनाउने काम अगाडि बढिरहेको छ । अहिलेसम्म नेपालमा जति पनि पूर्बाधार बने व्यक्ति विशेषका बने । तर कम्युनिटी (समुदाय) बेसमा नभएको कारणले यसलाई कम्युनिटी बेशमा अगाडि बढाउन खोजेका छौं । हिमाल चढ्नेका छोराछोरीहरु पनि शहरमा बस्ने र हिमाल नजाने भएपछि त्यो चिज लोप नहोस् भन्नका लागि पनि कम्युनिटी बेसमा तालिम दिने अभियानमा छौं । अहिलेसम्म व्यक्ति धनी भए, समुदाय धनी भएन भनेर त्यहाँ सामुदायीक पर्यटनको अवधारणाका आधारमा समाजलाई धनी बनाउन सके दिगो पर्यटन हुन सक्छ भन्ने नमुना प्रस्तुत हुनेछ ।

राज्य र संस्थाको लगानीमा पहिले लगानी गर्ने, यस्ता हटमा ठूला हिमाल चढ्नु अगाडि तालिम प्रदान गर्ने, विशिष्ट पाहुना आउँदा ती हिमालमा घुमाउन लैजाने हिसाबले हटकोनिर्माण कार्य हुनेछ । त्यो तालिम केन्द्रमा अक्सिजनदेखि तालिमका सबै गतिबिधि गाउँलेलाई सिकाएर तालिम दिईनेछ । त्यहाँ तालिमका सबै गतिबिधि संचालन गरिन्छ । एक सय एक आरोही जन्माउन सकिन्छ भन्ने मान्यता राखिएको छ ।
५ हजार ८ सय ९६ मिटर उचाईको पाल्दोर चुली नेपालमा ३ रात ४ दिन अर्थात ४ रात ५ दिनमा पिक (चुली) चढेर फर्कने नजिक दूरीको एउटै मात्र हिमाल हो । नत्र भने नेपालमा १०/१२ दिनभन्दा बढि खर्चनु पर्छ ।

भारतीयहरुमा हिमाल चढ्ने मोह

बैंग्लोरका भारतीयहरुलाई आज भोलि हिमाल चढ्ने मोह बढेको छ । उनीहरुलाई आकर्षित पार्ने कोशिस पनि बढाईरहेका छौं । नेपालमा युवाहरुलाई हिंउ टेकेको छु भन्न सिकाउँदैछौं । नेपालमा चीन र भारतका पर्यटक बढाउने अभियान चलिरहेका छन् ।

नेपालका सबै चुली घरमै बसी हेरौं

गरिबी उन्मुलनको आधार पर्यटन हो भनेर सबैले बुझौं । १ हजारको पनि पर्यटन अर्बाैंको पनि पर्यटन नै हो । अहिले एनएमएले नेपाल भर रहेका ४ सय ७६ पीक (चुली) को प्रोफाईल बनाउँदै छ । त्यसपछि कोठामै बसेर नेपालको हिमाल हेर्न सकिनेछ । एनएमएले वातावरणीय परिवर्तनका कारण हिमालमा परेको प्रभावका बारेमा पनि अध्ययन गर्दै प्राकृतिकरुपले हिमाल संरक्षण र संबद्र्धनको काम गरिरहेको छ ।

देशै पर्यटनमय बनाउने रणनीति चाहियो

पर्यटनलाई राष्ट्रिय रणनीति अन्तर्गत पार्नुपर्ने खाँचो छ । नीति, निर्माण र योजनामा पर्यटन समावेस हुनुपर्यो । देशै पर्यटनमय बनाउने भाव सहितको दिर्घकालिन पर्यटन रणनीति अगाडि ल्याउन बेलैमा सोच्नुपर्ने खाँचो छ ।

(नेपाल पर्वतारोहण संघको महासचिव पाण्डेसंग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १६ साउन २०७३

वि.सं.२०७३ साउन १६ आइतवार २०:१८ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...