back
NMB ad

एचआईडीसीएलले २२ प्रतिशतले बढायो नाफा, कस्तो देखियो वित्तीय प्रगति ?

Kumari bank ad

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले साढे ९७ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले सोमबार प्रकाशित गरेको गत आर्थि वर्ष २०७८/७९ को चौंथो त्रैमासि वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ९७ करोड ६२ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ७९ करोड ९६ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको संचालन आम्दानी उल्लेख्य मात्रामा वृद्धि भएको छ । कम्पनीको यो आम्दानी २४९.३९ प्रतिशतले बढेर ३४ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीको वित्तीय आम्दानी १८.७७ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ८८ लाख ४६ हजार, लाभांश आम्दानी ३१.३३ प्रतिशतले वृद्धि भई १ करोड ४१ लाख ४८ हजार, अन्य आम्दामनी २४१.१२ प्रतिशतले बढेको छ ।

कम्पनीको चुक्ता पुँजी २० अर्ब ७१ करोड ५० लाख ५२ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने १ अर्ब ६७ करोड ३८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ८ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार १२:१५ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...