back
NMB ad

हकप्रद सेयर निष्काशन गर्न लागेको राधी विद्युतको वित्तीय अवस्था कस्तो ?

Kumari bank ad

काठमाडौं । राधी विद्युत कम्पनीले ५ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले मंगलबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार गत आवमा कम्पनीले ५ करोड ९ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने १७.०९ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ६ करोड १४ लाख ५३ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत आवमा कम्पीको विद्युत बिक्री आम्दानी भने सामान्य वृद्धि भएको छ । उक्त अवधिमा कम्पनीको यो आम्दानी ४.०३ प्रतिशतले बढेर १३ करोड ४९ लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, गत आवमा कम्पनीको संचालन आम्दानी ७ करोड ७० लाख ८५ हजार रुपैयाँ देखिएको छ । कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा रहेको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने तयारीमा छ । कम्पनीले १ः१.४७५२ अनुपातमा १०० रुपैयाँ अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

वि.सं.२०७९ साउन ३१ मंगलवार १३:१६ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...