back
NMB ad

मर्जपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको कस्तो देखियो त वित्तीय रिर्पोट ?

Kumari bank ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७ करोड नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ७ करोड ५ लाख ५३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५९.६१ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले १७ करोड ४६ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १ अर्ब २० करोड १३ लाख ४० हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीले १ अर्ब ४ करोड १७ लाख ६६ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आवमा कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम भने १ अर्ब १८ करोड ५३ लाख २३ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख २१ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २१ ८१ लाख ३४ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको बीमा कोषमा ४४ करोड ७३ लाख ९१ हजार र महा विपत्ति कोषमा २ करोड २३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ८३ पैसा रहेको छ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएपछि हिमालयन एभरेष्ट कम्पनी बनेको हो । यी दुई कम्पनीले गत वैशाख २२ गते एक आपसमा मर्जरमा जान सहमति गरेका थिए । यी दुवै कम्पनी मर्जरमा भई साउन २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

वि.सं.२०७९ साउन ३१ मंगलवार १४:४४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...