काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन सोमबार ५५.८८ अंकले बढेको बजार आज २४.८३ अंकले घटेको हो । उक्त दिन बजार परिसुचक नेप्से २०४१.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । ।
उक्त दिन यूनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तका सेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ ।
त्यस्तै, दोर्दीखोला जल बिद्युतको ५.५१ प्रतिशत, पञ्चकन्या माई हाईड्रोपावरको ५.४७ प्रतिशत, जोशी हाइड्रोपावरको ५.४६ प्रतिशत र हिमालयन उर्जा विकासको ५.३२ प्रतिशतले घट्न पुगेको छ ।
वि.सं.२०७९ साउन ३१ मंगलवार १५:३६ मा प्रकाशित