काठमाडौं । भदौ महिनाको पहिलो कारोबार दिन सुनको मूल्य सस्तिएको छ । बुधवार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ ।
मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९५ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, साताको चौंथो कारोबार दिन चाँदीको १० रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार १०:५८ मा प्रकाशित