back
NMB ad

चालु खाता ६ खर्ब बढी र शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब घाटामा

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा चालु खाता ६ खर्ब बढी घाटामा रहेको छ । गत आवमा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोडले घाटामा रहेको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई रु.९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आई रु.१८ अर्ब ५६ करोड कायम भएको छ ।

अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ५१ करोड रहेको थियो ।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.२ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।

वि.सं.२०७९ भदौ १ बुधवार १२:२१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...