back
NMB ad

झनै महंगियो नेपालीको भान्सा, कुन खाद्यवस्तुको मूल्य कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो ।

मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले गत आव का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुग्यो ।

यद्यपि गत आव २०७८/७९ को शुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रहयो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ मुद्रास्फीति

आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.०० प्रतिशत रहेको थियो ।

२०७९ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत मुद्रास्फीति भने ६.८९ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ५.८१ प्रतिशत रहेको थियो ।

गैर–खाद्य तथा सेवा मुद्रास्फीति

गत आवमा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति २.५१ प्रतिशत रहेको थियो ।

२०७९ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत मुद्रास्फीति ९.०३ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति २.९४ प्रतिशत रहेको थियो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति

आवमा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५.७३ प्रतिशत, तराईमा ६.४१ प्रतिशत, पहाडमा ६.८७ प्रतिशत र हिमालमा ६.०७ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ३.३३ प्रतिशत, ३.६८ प्रतिशत, ३.८७ प्रतिशत र २.८७ प्रतिशत रहेको थियो ।

वि.सं.२०७९ भदौ १ बुधवार १२:४३ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...