back
NMB ad

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

Kumari bank ad

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको साधारण सभा शुक्रबार हुँदैछ । भोलि अर्थात भदौ ३ गते कम्पनीले १४औं वार्षिक साधारणसभा गर्ने भएको हो ।

कम्पनीको असार ३० गतेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाको विशेष प्रस्तावमा पूँजी बृद्धिको विषय रहेको छ । सभाले पुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयलाई सभाले अनुमोदन गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिना सहित चार जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते एक दिन बुक क्लोज गरेको छ।

वि.सं.२०७९ भदौ २ बिहीवार १३:०० मा प्रकाशित

You can share this post!

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...