back
NMB ad

२१ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा, बिक्री आम्दानीमा पनि गिरावट

Kumari bank ad

काठमाडौं । साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडको नाफा साढे ३ करोडमा सिमित भएको छ ।

कम्पनीले बिहीबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आव कम्पनीको नाफा २१.१४ प्रतिशतले घटेर ३ करोड ७७ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीले ४ करोड ७९ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको बिक्रीबाट हुने आम्दानी पनि पनि ३१.०८ प्रतिशतले घटेर ७ अर्ब १७ करोड १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यो आम्दानी १० अर्ब ४० करोड ३५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा कम्पनीको कर्मचारी खर्च ३० करोड ३० लाख ५९ हजार र प्रशासकीय खर्च १३ करोड ८७ लाख ४३ हजार रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ ४३८ रुपैयाँ ७ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २५ करोड ३५ लाख ३१ हजार रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा भने १ अर्ब ३४ करोड ८३ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार १३:३७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...