back
NMB ad

छुट्ला है दुई कम्पनीको आईपीओ, आवेदन दिने आज अन्तिम मौका !

Kumari bank ad

काठमाडौं । आज दुई कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम मौका रहेको छ ।

आज पिपुल्स पावर र सिक्लेस जलविद्युत कम्पनीको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ ।

पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल गरेको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरेको हो ।

कुल सेयरमध्ये ४९ हजार ३४८ कित्ता कर्मचारीहरुका लागि, १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ भने बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सर्वसाधारणका छुट्याएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै, सिक्लेस हाइड्रोपावर कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले ८ करोड ५० लाख बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं.१, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीको आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

वि.सं.२०७९ भदौ ५ आइतवार ११:३४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...