back
NMB ad

आजबाट एकीकृत कारोबार सुरु गर्दै यी दुई कम्पनी

Kumari bank ad

काठमाडौं । आज अर्थात भदौ १५ गतेदेखि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पछि एकीकृत कारोबार सुरु गरेको छ ।

मिर्मिरेले बुद्धज्योतिलाई अक्वायर गरेपछि ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

मिर्मिरेले बुद्धज्योतिलाई प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाको गत असार ३१ गते छुट्टाछुट्टै बसेको विशेष साधारण सभाबाट विशेष प्रस्ताव पारित भएको थियो ।

सो पश्चात् नेपाल राष्ट्र बैंकबाट भदौ ६ गते मिर्मिरेले बुद्धज्योतिलाई प्राप्तिका लागि अन्तिम स्वीकृत प्राप्त भएको र कम्पनी रजिष्ट्रारको कार्यालयको भदौ ९ गतेको पत्रबाट बुद्धज्योति लघुवित्तको लेखाङ्कन हिसाबमा समायोजन गर्नुपर्ने गरी स्वीकृति भएको हो ।

सोअनुसार मिर्मिरे र बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि एकीकृत कारोबार गर्ने जनाएको हो । एकीकृत कारोबार सुरु हुने दिन वित्तीय संस्थाका मातहतका सबै कार्यालयहरु बन्द रहने कम्पनीले जनाएको छ ।

प्राप्तिपश्चात् बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नं. ८, बनेपाबजार, काभ्रेपलाञ्चोकमा नै रहने कम्पनीले जनाएको छ ।

साथै एकीकृत कारोबार पश्चात बन्ने मिर्मिरे लघुवित्तको अधिकृत पुँजी ६० करोड र चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, शाखा संख्या १५० वटा पुग्ने छन् ।

वि.सं.२०७९ भदौ १५ बुधवार १२:०७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...