back
NMB ad

किसानलाई अन्ठाउन्न लाख अनुदान वितरण

Kumari bank ad

म्याग्दी । पशुपालक किसानलाई गत आवमा रु ५८ लाख तीन हजार अनुदान वितरण गरिएको छ ।

गत आवमा भेडाबाख्रा, गाईभैँसी, बङ्गुर र कुखुरापालक गरी ८९६ किसानलाई सो अनुदान रकम वितरण गरिएको कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो । व्यावसायिक पशुपालन फार्ममा पूर्वाधार विस्तार, उपकरण खरिद, गोठसुधार, उन्नत जातका बोका, राँगो खरिद, औषधि उपचार कोष स्थापना, पशु आहरा व्यवस्थापन र पशुजन्य पदार्थको व्यवसाय सुधार गर्न किसानलाई अनुदान सहयोग गरिएको हो ।

बाख्रापालन कार्यक्रमअन्तर्गत पिप्ले, शिख र कुहुँका एकसय ५० किसानले बाख्रा खरिद र खोर सुधारका लागि रु १३ लाख ५० हजार अनुदान पाएका छन् । यस्तै १० गाविसका १५ बाख्रापालक किसानलाई प्रजननयोग्य बोका खरिद गर्न रु १५ हजारका दरले रु दुई लाख २५ हजार अनुदान दिइएको छ ।

यस्तै तीस जनालाई गोठ सुधार गर्न रु एक लाख ५० हजार र चारजनालाई घाँस टुक्रा पार्ने च्यापकटर मेसिन खरिद गर्न रु ५५ हजार, कालीगण्डकी भेडापालन किसान समितिका ५० जनालाई भेडा स्रोत विकास कार्यक्रमअन्तर्गत रु छ लाख पाँच हजार, एकसय ६५ जनालाई रु ३३ हजार मूल्य पर्ने उन काट्ने मेसिन र एकसय ५० जनालाई रु एक लाख मूल्य बराबरको बडिजो क्यासटेटर मेसिन वितरण गरेको पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिनुभयो ।

प्रकाशितः २०७३ साउन १८

वि.सं.२०७३ साउन १८ मंगलवार १६:०१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...