back
NMB ad

सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गरिने

Kumari bank ad

काठमाडौं । पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्ने भएको छ।

चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । मादी खोलामा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो ।

उहाँका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ । नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो । यी दुई स्थानमा पुल निर्माणका लागि दातृ निकाय (एशियाली विकास बैंक) बाट ‘नो अब्जेक्सन लेटर’ आइसकेको छ । उहाँले भन्नुभयो, “उताबाट स्वीकृति आएपछि काम सुरु गरिनेछ ।”

सो योजनाको अवधि आव २०८५/८६ सम्म रहेको छ । ठेक्का अङ्कअनुसार योजनाको लागत रु १३ अर्ब ६२ करोड छ । मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० अर्थात् आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो । सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो ।

कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैरसहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ । पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्कीसहित १५ प्रतिशत थियो । सो सडक चार लेनमा विस्तार गरिने भए पनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागले जनाएको छ ।

पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो । जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैरसहरी क्षेत्र छ ।

सो खण्डमा एक दशमलव आठ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ ।
पर्यटकीय नगरी पोखरा जाने स्थानमा बन्न लागेका पुलले यहाँको सौन्दर्यता थप गर्ने अपेक्षा गरिएको छ । विभागले पछिल्ला वर्ष शहरी क्षेत्रमा आकर्षक पुल निर्माण गर्दै आएको छ ।

वि.सं.२०७९ भदौ १५ बुधवार १४:५६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...