back
NMB ad

बीमाप्रतिको विश्वसनीयता बढाउन विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

Kumari bank ad

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिनुभएको छ ।

बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आज बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् कर्मचारीहरुसँग भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीव र पिछडिएका बर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्नुहुँदै गरीव, विपन्न र पिछडिएका बर्गले आफ्नो क्षमता र चाहना अनुसार बीमा गर्न पाउनुपर्छ भन्नेमा समिति दृढ छ भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिनुहुँदै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा निरन्तर छलफल भइरहेको र चाँडै नै दाबी भुक्तानी शुरु हुने जानकारी दिनुभयो ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको विद्यमान पूँजीले जोखिम धान्न नसक्ने भएकाले चुक्ता पूँजी वृद्धिको निर्णय गरिएको, बीमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयहरुमा दाबी भुक्तानी सहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको र बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई सचेत गराइएको बताउनुभयो ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वित्तीय जोखिमांकन राम्रो भएमा आपराधिक घटना हुन नपाउने भएकाले बीमा कम्पनीहरु वित्तीय जोखिमांकन गर्दा बढी चनाखो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयमा अधिकार प्रत्योजन नहुँदा ससानो दावी भुक्तानीका लागि केन्द्रमै जानुपर्ने बाध्यता रहेको, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा देखिएको, शाखा कार्यालयहरुमा कर्मचारीको अभाव भएको, विपन्न, गरीव र पिछडिएका बर्गको क्षमता र आवश्यकता अनुसारको बीमालेख नभएको, स्वास्थ्य जोखिमांकनको परीक्षणका लागि स्वास्थ्य चौकीहरुमा उपकरणको अभाव भएको लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लाल, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमितहरु लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार १९:१७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...