back
NMB ad

शाखा कार्यालयका लागि घर भाडामा खोज्दै राष्ट्रिय वाणिज्य बैंक

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालयका लागि घर बहालमा लिने भएको छ । बैंकले शाखा कार्यालयहरु स्थापनाका गर्नका लागि घर भाडामा खाजेको हो ।

बैंकले काठमाडौंको लाजिम्पाट, सुकेधारा, मंगलबजार र ग्वार्कोमा घर भाडामा खोजेको हो ।

यी स्थानहरुमा शाखा कार्यालयहरु स्थापनाका लागि मुख्यबजार क्षेत्रहरुमा रहेका मुलसडकसंग जोडिएका कम्तीमा २५०० सयदेखि ३००० हजार बर्गफिट क्षेत्रफल भएको पक्की घर बहालमा लिन खाजेको हो ।

घर बहालमा दिन इच्छुक घरधनीहरुले आजैका मितिदेखि १५ दिन भित्र आवश्यक विवरणहरु स्पष्ट खुलाई प्रस्तावित बहाल क्षेत्र तथा करसहितको मासिक बहाल रकम समेत उल्लेख गरि बैंकको केन्द्रीय कार्यालयमा प्रस्ताव पेश गर्नु पर्नेछ ।

प्रस्तावसंग भाडा दिने भवन रहेको स्थानको पूर्ण विवरण, भवनको स्वीकृत नक्सा, निर्माण सम्पन्न भएको प्रमाणपत्र, भाडामा दिन चाहेको क्षेत्रफल र फोटो लगायतका आवश्यक कागजात पेश गर्नुपर्ने छ ।

 

वि.सं.२०७९ भदौ १९ आइतवार ११:३४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...