back
NMB ad

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेल धादिङबाट सिफारिस

Kumari bank ad

धादिङ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल प्रतिनिधिसभा सदस्यका लागि धादिङबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सिफारिसमा परेका छन् । कँडेल प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ धादिङ क्षेत्र नम्बर १ बाट र समानुपातिकतर्फ जिल्ला कमिटीबाट सिफारिसमा परेका हुन् ।

२०४९ देखि नेकपा एमाले केन्द्रीय लेखा आयोगको सदस्य हुँदै राष्ट्रिय राजनीतिमा निरन्तर क्रियाशिल कँडेल केन्द्रीय लेखा आयोगमा तेस्रो कार्यकाल अध्यक्षको रुपमा रहेका छन् । पार्टीको आमन्त्रित स्थायी कमिटीका सदस्य समेत रहेका कँडेल हालसम्म संसदीय मोर्चामा नपुगेका वरिष्ठ नेता मध्यमा पर्छन् । यस पटक संसदीय मोर्चा संहाल्ने तयारीका साथ प्रत्येक्ष तर्फ आकांक्षा राखेका कँडेललाई जिल्लाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस गरेर उच्च महत्व दिएको छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा १५ औं योजना निर्माणको नेतृत्व गरेका कँडेल निर्विवादित, सालिन र भद्र व्यक्तिमा पर्छन् । वरिष्ठ अर्थविद् कँडेल यस पटक पार्टीले आवश्यकता हेरी कुनै एक प्रणालीबाट सांसद बनाउनेमा विश्वस्त रहेका छन् । पार्टीले मूल्यांकन गरी प्रत्यक्षमा पठाए पनि समानुपातिकमा राखेर चुनावी मोर्चाको नेतृत्व संहाल्न पठाए पनि आफु जुनसुकै मोर्चामा तयार रहेको कँडेल बताउँछन् ।

धादिङबाट प्रत्यक्षमा निर्वाचन क्षेत्र नम्बर १ मा वहालवाला सांसद भूभि त्रिपाठी र क्षेत्र नम्बर २ मा वहालवाला सांसद खेम लोहनीले दोहोरिने आकांक्षा राखेका छन् । क्षेत्र नम्बर १ बाट पार्टी केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल, शहरी विकास विभागका सदस्य गजेन्द्र थपलिया, बागमती प्रदेश कमिटीका सदस्य रमेश आचार्य र अनेम संघ जिल्ला उपाध्यक्ष उर्मिला रेग्मीले आकांक्षा व्यक्त गरेका छन् । क्षेत्र नम्बर २ मा प्रदेश सांसद डा. रामकुमार अधिकारी, संविधानसभा सदस्य धनबहादुर घले र पार्टी उपत्यका विशेष प्रदेशका सचिव चन्द्रप्रसाद रिजालले आकांक्षा व्यक्त गरेका छन् । आकांक्षी सबैको नाम जिल्ला कमिटीले राय सहित प्रदेशमा सिफारिस गरेको छ ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १६:२७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...