चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोली भदौ २२ गते सार्वजनिक विदा दिएको छ । चेपाङ समुदायको पर्व (छोनाम) न्वागीको उपलक्ष्यमा विदा दिएको विज्ञप्ति मार्फत सूचना जारी गरिएको छ ।
सोही अवसरमा बागमती प्रदेशले पनि चितवन, धादिङ र मकवानपुर जिल्लामा सार्वजनिक विदा दिएको छ ।
वि.सं.२०७९ भदौ २१ मंगलवार १८:०६ मा प्रकाशित