back
NMB ad

एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला

Kumari bank ad

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ ।

आयोजक साईना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।

रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, निर शहा, सुगम पोख्रेल रहेका छन् । साईना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरी शर्मा प्रोग्राम हेड रहेका छन् । यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् । यो रियालेटी सो हरेक शनिकार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुने छ ।

अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाइ गमष्तष्यल।लभउबतिबभिलतजगलत२नmबष्।िअयm मा पठाउनुपर्नेछ अडिसन भाद्र २९ गतेसम्म खुल्ला रहने छ ।

सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी देखि जस्तोसुकै प्रतिभापनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुल्लारुपमा अडिसन सक्ने सोका प्रोग्राम हेड शार्मले बताए । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्ने छ । थप जानकारीका लागि आयोजकको ९८०३९५९५२३ समेत सम्पर्क गर्न सकिने छ ।

सोमा विजेता हुने प्रतियोगीले पचास लाख देखि विभिन्न अबसरसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । यो बाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।

वि.सं.२०७९ भदौ २३ बिहीवार ११:३९ मा प्रकाशित

You can share this post!

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासन गर्न स्विकृति

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासन गर्न स्विकृति

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:२०

काठमाडौं । विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई...

सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा   

सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा   

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:०४

काठमाडौँ : पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:५३

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

आजको मौसम : यी पाँच प्रदेशमा वर्षा हुने   

आजको मौसम : यी पाँच प्रदेशमा वर्षा हुने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:४२

काठमाडौँ, २७ वैशाख : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका...

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने   

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:३६

हेमन्त जोशी काठमाडौँ, २७ वैशाख : आगामी आर्थिक वर्षका लागि...

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...