back
NMB ad

तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणका लागि २५ टावर तयार

Kumari bank ad

दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार भएका हुन् ।

हालसम्म ४८ वटा फाउण्डेशन कार्य सम्पन्न भएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । प्रशारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । जग्गा अधिग्रहणका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको भण्डारीले जानकारी दिनुभयो ।

दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण हुनेछ । प्रशारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछन् । प्रशारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रशारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना० जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

आयोजनाको दोस्रो प्याकेजअन्तर्गत भूमिगत विद्युतगृहको सुरुङ खन्ने काम हालै सम्पन्न भएको छ । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृहको सुरुङ खन्ने काम सकेको हो ।

विद्युतगृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । आयोजनाअन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार चार सय ५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म तीन सय ५० मिटर खनिसकिएको छ ।

पहिलो प्याकेजअन्तर्गत डाइभर्सन टनेलको काम भइरहेको छ । पहुँच सुरुङ एक सय मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले चार सय ३७ दशमलव एक मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै दुई सय ८० दशमलव ८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने तीन सय १४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १३:४१ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...