back
NMB ad

नेपालीले नामै नसुनेको देश ‘सेन्ट किट्स एण्ड नेभिस’ले नेपालमा गर्यो साढे १४ अर्बभन्दा बढी लगानी

Kumari bank ad

काठमाडौं । सेन्ट किट्स एण्ड नेभिस – एउटा टापु देश हो, जुन वेस्ट इन्डिज क्षेत्रमा छ । यो देशको नाम अधिकांश नेपालले सुनेकै छैनन् ।

सुन्दा अचम्म लाग्नसक्छ, जुन देशको नाम अधिकांश नेपालीले सुनेकै छैनन् त्यही देशबाट नेपालमा साढे १४ अर्ब रुपैयाँभन्दा बढीको लगानी आएको छ ।

हो, सेन्ट किट्स एण्ड नेभिस देशबाट आर्थिक वर्ष २०७७/७८ सम्ममा नेपालमा १४ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ उक्त कुरा समेटिएको छ ।

प्रतिवेदनअनुसार २०७८ असार मसान्तसम्मा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी क्रमसः भारतबाट ७५ अर्ब ८१ करोड रुपैयाँ, चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ रहेको देखिन्छ ।

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी गर्नेको सूचीमा सेन्ट किट्स एण्ड नेभिस पाँचौं नम्बरमा रहेको छ । हालसम्म नेपालमा भएको प्रत्यक्ष वैदेशिक लगानीको ६.४ प्रतिशत हिस्सा सेन्ट किट्स एण्ड नेभिसको रहेको छ ।

सेन्ट किट्स एण्ड नेभिसको क्षेत्रफल मात्र २६१ कीलोमिटर स्क्वायर छ जुन नेपालको क्षेत्रफलभन्दा ५६३ गुनाभन्दा बढीले सानो हो । सेन्ट किट्स एण्ड नेभिसको जनसंख्या करिव साढे ४७ हजार रहेको छ । यो भनेको नेपालको जनसंख्याभन्दा ६१३ गुनाले कम हो । सेन्ट किट्स एण्ड नेभिसको ८७.६ प्रतिशत जनसंख्या क्रिस्चियन रहेका छन् ।

राष्ट्र बैंकका अनुसार सेन्ट किट्स एण्ड नेभिसबाट नेपाल भएको सबै प्रत्यक्ष वैदेशिक लगानी सेवा क्षेत्रमा भएको छ ।

वि.सं.२०७९ भदौ २८ मंगलवार १५:५६ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...