back
NMB ad

फैसला गर्दा जबरा पैसामा बिक्ने गरेको शम्भु थापाको आरोप

Kumari bank ad

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसला गर्दा पैसामा बिक्ने गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै थापाले रञ्जन कोइरालाको मुद्दाको विषयमा जबराले गरेको फैसला पैसाको चलखेल भएको उदाहरण रहेको बताए ।

आफ्नी श्रीमतीलाई मारेर, काटेर, बोरामा हालेर प्रमाण नभेटिनेगरी जलाउने अपराधीको विवेकबाट कैद घट्छ ? पैसा बाहेक केले हुनसक्छ त्यस्तो फैसला ? भन्दै थापाले प्रश्न गरे ।

थापाले जबरा महाअभियोगबाट बच्नका लागि नेकपा (एमाले)को चाकडीमा लागेको आरोपसमेत लगाए । उनले जबराले विवादीत बयान दिएर कुनै एक दलको मन जित्न चाहेको आरोप लगाएका हुन् । कुनै एक राजनीतिक दलको विश्वास जितियो भने महाभियोग लाग्दैन कि भन्ने दाउँमा छन् । तर त्यसो हुन दिनु हुँदैन । उहाँले धेरै विवादीत फैसला गर्नुभएको छ, थापा भन्छन् ।

सुरेन्द्रप्रताप सिंहको दुईवटा जन्ममिति छ भनेर मुद्दा हालेर फिर्ता लिएपछि चोलेन्द्र न्यायाधीश नियुक्त भएका हुन् । उनीविरूद्ध भ्रष्टाचार लागेको व्यक्तिले दाबी गरेको बाहेक पनि सम्पत्ति छ भनेर छोडेपछि न्यायिक टिप्पणीसहित न्याय परिषद्मा सिफारिस भएको हो । त्यहाँ पनि उनी भ्रष्टाचार र चलखेलबाटै न्यायाधीश भएका हुन्, थापाले भने ।

वि.सं.२०७९ भदौ ३० बिहीवार २१:१४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...