back
NMB ad

लमजुङका सहकारीकर्मीहरुको आव्हान : सहकारीको छवि सुधार्न सदस्यलाई सचेत बनाऔं

Kumari bank ad

लमजुङ । लम्जुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको छवि सुधार गर्नका लागि सहकारीका सदस्यहरुलाई केन्द्रीत गरेर शिक्षा लगायत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन आव्हान गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले आइतवार लमजुङको बेशीशहरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सहकारीका आधार स्तम्भ सदस्यहरु भएकाले उनीहरुको क्षमता विकासमा ध्यान दिनु पर्नेमा जोड दिएका हुन् ।

सहकारीको जग सदस्यहरु हुन, तर सदस्यलाई सहयोग पुग्ने, सदस्यहरुको क्षमता विकास हुने, उनीहरुको आर्थिक सामाजिक विकासमा भन्दा पनि कतिपय सहकारीहरुले नाफा लगायत ब्याजमा केन्द्रीत भएका कारण समस्या भएको छ, कार्यक्रमका सहभागीहरुले भनेका छन,–सबै सहकारीहरुले सदस्य केन्द्रीत हुने गरी कारोबार गर्ने हो भने सहकारीमा समस्या आउदैन ।

सहभागी सहकारीकर्मीहरुले वित्तीय क्षेत्रमा देखिएको ब्याज बढाउने कार्यले सहकारीमा समस्या आएका भन्दै सहकारी अभियानका राष्ट्रिय तथा केन्द्रीय सहकारी संघ र बैंकहरुले राज्यसंग लविङका क्षेत्रमा प्रभावकारी काम गर्नु पर्नेमा जोड दिएका थिए । सहकारीका केन्द्रीय निकायले राज्य सञ्चालकहरुसंग राम्रो लविङ गर्न नसको सहभागीहरुको गुनासो थियो ।

सन्दर्भ ब्याजदर, कर्जा सूचना केन्द्र लगायतका विषयमा अभियानको ध्यान पुग्न नसकेको भन्दै उनीहरुले सहकारीका सदस्यहरुलाई फाइदा हुने कानुनका विषयहरुमा ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सहकारीको विश्वास भनेको सदस्यको सेवा हो भन्ने कुरालाई स्थापित गर्न आग्रह गर्नु भएको थियो ।

सहकारीका सकारात्मक पाटा धेरै छन, मुख्य गरेर विपन्न वर्गका जनतालाई एकत्रित गर्ने, उनीहरुलाई आयआर्जनमा केन्द्रीत गराउने, आयआर्जन गरेको रकम वचत गर्न सिकाउने, नेतृत्व विकास लगायत क्षमता विकासका क्षेत्रमा सहकारीले गरेका राम्रा कुराहरुलाई प्रवद्र्धन गर्नु पर्नेमा उहाँको जोड थियो ।

सहकारीहरुले जनतासंग उठाएको रकम संरक्षण गर्ने र उनीहरुको आर्थिक, सामाजिक रुपान्तरणको क्षेत्रमा थप शसक्त भएर काम गर्न सुझाव दिदै सहकारी ऐन नियम र सिद्धान्तको पालना नगर्नेहरुलाई कानुन अनुसार कार्वाही गरिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष दुर्गाभक्त धमाला, जिल्ला कफी सहकारी संघका अध्यक्ष विश्व प्रसाद अधिकारी, जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष यशोदा रिमाल लगायतले सहकारीका समस्या, समाधानका उपाय र लमजुङमा सहकारी बैंकको शाखा सञ्चालनका लागि बैंकको संयोजनमा जिल्लाका सहकारी अभियानकर्मीहरुको सहयोग रहने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा सहकारीकर्मीहरु महेन्द्रलाल श्रेष्ठ, बुद्धिनाथ अधिकारी, झम प्रसाद गुरुङ, लक्ष्मी अधिकारी, राम दिक्षित, सुरेन्द्रदेव गुरुङ, योगेन्द्र घिमिरे, डिल्लीकुमार श्रेष्ठ, सञ्जिव खनालले सुझाव तथा जिज्ञासा राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासाहरुको बारेमा जानकारी गराउदै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीमा देखिएका समस्या समाधानमा अभियानका तर्फबाट गरिएका प्रयासहरु, स्थानीय तहमा अभियानले गर्नु पर्ने समन्वयका विषय लगायत सहकारीको प्रद्धर्वनमा बैंकको भूमिका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी बैंकको विगत, वर्तमान अवस्था र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो ।

बैंकका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बैंकका स्तरीकरण विभागका अधिकृत नव कुमार अधिकारीको स्वागत र बैंकको दमौली शाखाका प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा लमजुङ जिल्लाका विभिन्न सहकारी संघ संस्थाका १ सय जनाको सहभागिता रहेको थियो ।

यसैबीच लमजुङ जिल्लामा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालनका लागि समन्वय गर्नका लागि राष्ट्रिय सहकारी बैंक जिल्ला स्तरीय समन्वय उपसमिति लमजुङ गठन गरिएको छ ।

उपसमितिको संयोजकमा जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ तथा सदस्यहरुमा लेखा संयोजक महेन्द्रलाल श्रेष्ठ, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष दुर्गाभक्त धमला, जिल्ला कफी सहकारी संघका अध्यक्ष विश्व प्रसाद अधिकारी, वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष यशोदा रिमाल, सञ्जालका अध्यक्ष तारा घले, रामबाबु श्रेष्ठ रहनु भएको छ ।

वि.सं.२०७९ असोज २ आइतवार १५:१८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...