back
NMB ad

मुगुमा सुपथ मूल्य पसल सञ्चालन

Kumari bank ad

खड्क सुनार, मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले शनिबार बाट सुपथ छुट मल्यमा चामल तथा दाल बिक्री गर्न शुरु गरेको छ ।

नेपालीहरुको चाडबाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गदै खाद्य कम्पनी मुगुले चामल तथा दालमा प्रतिकिलो ७ रुपयाँका दरले छुट दिइ बिक्री गर्न शुरु गरेको हो ।

शनिबार प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले सुपथ मुल्य पसलको उद्घाटन गर्दै छुट मुल्यमा चामल तथा दाल बिक्री गर्न शुरु गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ महतले सरकारले चाडपर्वमा कोही नेपालीले खाद्यान्न नपाएर खल्लो पर्व मनाउनु नपरोस् र बजारमा भएको चामलले चर्को मुल्य तिरेर उपभोग गर्दे आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरे पछि बजारमा भएको मुल्यवृद्धि लाई पनि नियन्त्रण गर्ने प्रजिअ महतको भनाई छ ।

कम्पनीले मुगुमा ६ प्रकारका चामल र १ प्रकारको दाल बिक्री गर्नेछ । चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मुल्यमा बिक्री गर्ने र शनिबारबाट बिक्री शुरु गरेको कम्पनीले कात्र्तिक १५ गतेसम्म सहुलियत मुल्यमा छुट दिने मुगु शाखाका कार्यालय प्रमुख पुस्कर भामले जानकारी गराए । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महतले सेवाग्राही छायाँनाथ रारा नगरपालिका वडा नं ५ ताल्चका अछामपुरा कामी लाई छुट मुल्यका चामल वितरण गरेका थिए ।

सेवाग्राहीहरुले आफ्नो नागरिकताको प्रतिलिपी लिएर आएमा प्रति व्यक्ति ५० केजी चामल र दाल पाउने छन् ।

वि.सं.२०७९ असोज २ आइतवार १९:५४ मा प्रकाशित

You can share this post!

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:३६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१९

काठमाडौँ, ३१ वैशाख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:३८

क्यानबेरा, ३१ वैशाख  : अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को...

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:१६

विराटनगर, ३१ वैशाखः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी...

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:०९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...