back
NMB ad

हेंंवा जलविद्युत आयोजनालाई बीस करोड घाटा !

Kumari bank ad

काठमाण्डौं । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र  झापा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ।

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीलाई त्यतिको घाटा लागेको बताइएको छ।

आयोजनाको निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालि नेपालका अध्यक्ष सिताराम तिम्सिनाका अनुसार भूकम्प र त्यसपछिको पराकम्पका कारण आयोजनाको काम प्रभावित बनेको थियो।

त्यस्तै लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थसँगै अन्य आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा गतवर्षको भदौ महिनादेखि बन्द भएको आयोजनाको काम फागुन महिनादेखि मात्र सुचारु भएको अध्यक्ष तिम्सिनाले बताए।

यता विभिन्न माग राख्दै स्थानीयवासीले गरेको अवरोधका कारण पनि करोडौँं घाटा बेर्होर्नु परेको उनको भनाई छ।

विसं २०७१ मङ्सिरदेखि सुरु भएको आयोजनाको काम दुई वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ । हाल पाँचहजार ३०० मिटर टनेलमध्ये ४ हजार मिटर टनेल निमार्ण भइसकेको छ । बाँधको कार्य ५० प्रतिशत सकिएको छ । अबको नौ महिनाभित्रमा पावर हाउस निमार्णकार्य सम्पन्न हुनेछ । काममा कुनै अवरोध नआए त्यसको दुई महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने प्रालिका अध्यक्ष तिम्सिनाले बताए।

प्राइम बैंक र माउन्टेन हाइड्रो प्रालि नेपालको तीन अर्ब ६६ करोड लगानीमा सुरु भएको आयोजना सम्पन्न भएपछि २१ मेगावट विद्युत् उत्पादन हुनेछ । तर आयोजनाको लागत थप २० करोड बढ्ने भएको छ।
 प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १५:५९ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...