back
NMB ad

नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर उपलब्ध, यस्ता छन सुविधा

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत रु. १९९ मा ४२०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा रु. ३४९ मा १४,००० एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी रु. ४९९ मा १९,६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत रु. ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा रु. ९८ मा २८ दिन भित्रमा जम्मा ६०० वटा र रु. ६० मा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट *1415# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

वि.सं.२०७९ असोज ५ बुधवार १५:४३ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...