back
NMB ad

नेपालका सबै पर्यटकीय स्थलको जानकारी दिने ‘ट्राभल नेपाल’ बोर्ड गेम सुरुवातको घोषणा

Kumari bank ad

काठमाडौं । नेपालका सबै पर्यटकीय स्थलहरु भ्रमण गराउने र त्यसको बारेमा जानकारी दिने ‘ट्राभल नेपाल बोर्ड गेम’ को घोषणा गरिएको छ । नेपाल भ्रमण गर्न चाहने विदेशी तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी नेपालमा पहिलो पटक निर्माण गरिएको युनिक गेमको आज घोषणा गरिएको हो ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर खेललाई पुरै नेपाल भ्रमण गर्ने पुस्तक जस्तै बनाएर नेपालका धेरै स्थानको बारेमा जानकारी समावेश गरिएको जानकारी दिइएको हो ।
उक्त खेल कसैलाई मायाको चिनो स्वरुप पनि दिन सकिनेछ । सो खेललाई थप बुझ्नको लागि एक पटक अवश्य पनि खेल्न वेव कम्पनी वर्ज पोर्टल आइटीले आग्रह गरेको छ ।

नेपाल भ्रमण गर्न आउने पर्यटकहरुलाई नेपालमा केके क्रियाकलापहरु गर्न सकिन्छ, कता–कता घुम्न सकिन्छ, के के खान पाइन्छ आदी विभिन्न जानकारीमुलक क्रियाकलापयुक्त खेल भएकोले भ्रमणको लागि धेरै उपयोगी हुने फाउण्डर सन्जिब वज्र शाक्यले बताए । यसको अलवा खेल गैरनेपाली तथा पर्यटकहरुको लागि पनि विशेष चाखलाग्दो हुने उनको भनाइ थियो ।
उनको अनुसार वज्र पोर्टलले पहिलो पटक धेरै रोचक गेम जारी गरेको हो ।

जहाँ आफ्ना परिवार तथा साथीभाइहरुसँग मिलेर नेपालभर घुम्न सकिन्छ । कम्पनीले नेपालको सबैभन्दा रमाइलो यात्राको साथै गुणस्तरीय समय बिताउन सकिने पनि दाबी गरेको छ । शाक्यले भने,“मेचीदेखि महाकाली, तराईदेखि पहाडसम्म समावेश गरेका छौं ।

वि.सं.२०७९ असोज ६ बिहीवार १४:१५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...