back
NMB ad

दसैं नजिकिएसँगै तेह्रथुमका किसानलाई अलैँची भित्र्याउन चटारो

Kumari bank ad

प्रकाश पाक्साँवा, तेह्रथुम । तेह्रथुमका किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैं नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ ।

अलैँची बिक्री गरेर दसैंतिहार खर्च जुटाउन पर्ने किसानलाई यतिबेला बगानमा पर्म सघाउने र लगाउने होडमा छन् ।

छथर गाउँपालिका ६ सुदापमा जगेन्द्र लिम्बु अलैँची भित्र्याउन व्यस्त छन् । दसैं खर्चका लागि भए पनि व्यापारीले तोकेको मूल्यमा बिक्री गर्न बाध्य रहेको उनले बताए ।

सरकारले अलैँचीका लागि निश्चित बजार र मूल्य निर्धारण गर्न नसक्दा मारमा पर्दै आएको किसान टीकाराज लिम्बुको भनाइ छ ।

यहाँका किसानले ५ रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । स्थानीय बजारमा अहिले २४ हजारदेखि २८ हजारसम्म प्रतिमन अलैँची बिक्री हुँदै आएको छ । जिल्लाको ईवा, ह्वाकु, सक्रान्ति, खाम्लालुङ, सम्दु, इसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप,आङदिम हमरजुङ लगायतका स्थानमा अलैंची खेती हुँदै आएको छ ।

वि.सं.२०७९ असोज ११ मंगलवार ०९:४० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...