back
NMB ad

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।

आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।

वि.सं.२०७९ असोज ११ मंगलवार १७:१८ मा प्रकाशित

You can share this post!

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...