back
NMB ad

मानवअधिकार आयोगद्वारा घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न दलहरुलाई आग्रह

Kumari bank ad

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

राजनीतिक दलहरु आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र बनाउन जुटिरहेका बेला आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो ।

‘आगामी मङ्सिर ४, २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र प्रतिवद्धतापत्रमा मानवअधिकारका विषय समावेश गर्न राष्ट्रिय मानवअधिकार आयोग निर्वाचनमा भाग लिने सबै दलहरुलाई आग्रह गर्दछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

विगतमा राजनीतिक दलहरुले तयार गरेका घोषणापत्रहरुलाई नजिकबाट नियालिरहेको आयोगले जनाएको छ ।

दलहरुले विगतमा आफ्ना घोषणापत्रमा मानवअधिकारका विषयलाई समावेश गरी मानव अधिकारप्रतिको आफ्नो प्रतिबद्धताको कार्यान्वयन गरेकोमा त्यसको सराहना गर्दै दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानव अधिकारका विषय समावेश हुनेछन् भन्ने आयोगले विश्वास लिएको छ ।

‘हरेक राजनीतिक दलको प्रतिज्ञापत्रको रुपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्रमा मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धनको लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानवअधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई पुनः विशेष आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

मानवअधिकारको सम्मान, संरक्षण तथा त्यसको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्ने राज्यको दायित्वलाई कार्यान्वयन गर्न निर्वाचनको माध्यमबाट सरकारमा सहभागी हुने राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने ठहर आयोगको छ ।

समृद्ध राष्ट्र निर्माण गर्ने सन्दर्भमा नागरिकका आर्थिक, सामाजिक, साँस्कृतिक, नागरिक तथा राजनीतिक अधिकारको सुनिश्चिततालाई स्वीकार गरी ती हक अधिकारहरुलाई मौलिक हकको रुपमा नेपालको संविधानले व्यवस्था गरेको सन्दर्भमा त्यसको कार्यान्वयनमा राजनीतिक दलको जिम्मेवारी सदैव महत्वपूर्ण हुने आयोगले बताएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २० मा उल्लिखित राजनीतिक दलको काम, कर्तव्य र अधिकार अनुरुप पनि दलहरुले आफ्ना क्रियाकलापलाई मानव अधिकारमैत्री बनाउनुका साथै घोषणापत्रमा समेत मानव अधिकारका विषयवस्तु समावेश गर्नुपर्ने आयोगले सम्झाएको छ ।

वि.सं.२०७९ असोज १२ बुधवार १६:१६ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...