back
NMB ad

नारी जागृती सहकारीका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

Kumari bank ad

रोहन जि.सी.
बागलुङ । नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा संस्थाका सञ्चालकहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिम बुधवार सम्पन्न गरेको छ ।

सहकारीका सञ्चालकहरुलाई सहकारी व्यवस्थापन, वित्तीय सुशासन, सहकारी सञ्चालनका लागि सञ्चालक र लेखा तथा सुपरीवेक्षण समितिको भूमिका लगायतका विषयमा जानकारी गराउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष चिना बाँनियाले जानकारी दिनुभयो ।

कार्यक्रमको उदघटन जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनका हिसावले प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारी सचेतना आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश कुमार थापाले सहकारी र सामाजिक विकास कार्यालयको सम्बन्ध लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीलाई वित्तीय रुपमा सक्षम बनाउनुका साथै सामाजिक रुपमा सदस्यहरुलाई सचेत र सक्षम बनाउन सहयोगी बनाउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले तालिममा सहजीकरण गर्दै सहकारी व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सदस्यहरुलाई सहकारीका बारेमा धेरै भन्दा धेरै जानकारी दिनु पर्ने बताउनुभयो ।

सहकारी सदस्यहरुको सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सदस्यले नै यसलाई प्रवद्र्धन र नियन्त्रण गर्न सक्ने भएकाले सहकारीका सदस्यहरुका लागि फाइदा हुने खालका योजना र कार्यक्रमहरु बनाएर काम गर्नु पर्छ, बैंकका सञ्चालक जिसीले भन्नुभयो–‘सहकारीलाई नाफामा भन्दा पनि सदस्यहरुको सेवामा बढी केन्द्रीत गर्नु पर्दछ ।’

तालिमका सहभागीहरुको तर्फबाट बोल्दै संस्थाका लेखा समितिका संयोजक पशुपति शाहीले तालिमले सहकारीलाई थप प्रभावकारी रुपमा सञ्चालनका लागि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रम नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिना बाँनियाको अध्यक्षता र उपाध्यक्ष दिल माया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७९ असोज १३ बिहीवार १२:५४ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...