back
NMB ad

डेंगुबाट ३८ जनाको मृत्यु, सरकार बल्ल अस्पतालमा सिटामोल पठाउँदै

Kumari bank ad

काठमाडौं । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि सरकार बल्ल सक्रिय हुने प्रयासमा लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण साउन यता ३८ जनाको मृत्यु भएको छ । ७६ जिल्लामा २८ हजार १ सय ९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

तर, सरकारले बल्ल अस्पतालमा सिटामोल पठाउन सुरु गरेको छ । संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं र ललितपुरका १४ स्थानीय तहसँगै यहाँका १६ अस्पतालमा पाँच लाख ५० हजार थान सिटामोल पठाएको हो । निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराइएको हो ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई एकरएक लाख थान सिटामोल पठाइएको छ । कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०र२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि सिटामोल उपलब्ध गराइएको छ।

डेंगु एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ। डेंगु संक्रमण भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षण देखापर्ने चिकित्सकको भनाइ छ ।

वि.सं.२०७९ असोज १४ शुक्रवार ०७:१५ मा प्रकाशित

You can share this post!

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...