back
NMB ad

माछापुच्छ्रे बैंक २३ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार, २२ प्रतिशत देखि १५ सय सम्म क्यासव्याक

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ औं बार्षिक उत्सवमा बैंकले विभिन्न प्याकेजमा उपहारको बहार ल्याएको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आईपुगेको बैंकले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

२२ वर्षको दौरानमा बैंक प्रति अनवरत रूपमा साथ सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकहरु प्रति बैंकले धन्यवाद ज्ञापन गरेको छ ।

२२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु कृतज्ञता ज्ञापन गर्नुभयो । अध्यक्ष महतोले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसै गरी सञ्चालक समितिका सदस्य रोशन के.सीले यस बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर केसीको योगदानलाई प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रहि समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औ वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु एम.बि.एल. एम. स्मार्ट डेबिट तथा क्रेडिट कार्डबाट लिन सकिनेछ । उक्त अफर अन्तर्गत बैंकका ग्राहकले फुडमाण्डु मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २०% वा अधिकतम ३०० रुपैयाँ, एम.बि.एल. एम. स्मार्ट मार्फत पहिलो पटक मोबाईल टपअप गर्दा १०% वा अधिकतम १०० रुपैयाँ, एम.बि.एल. एम. स्मार्ट मार्फत ९ आश्विन २०७९ देखि २० आश्विन २०७९ सम्म हरेक दिन बिहानको ७ बजे बाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खन्डमा २२% वा अधिकतम २२२ रुपैयाँ, सिजी डिजिटल मार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २०% वा अधिकतम १५०० रुपैयाँ सम्मको क्यासब्याकहरु (यो योजना दशमी सम्मको लागि मात्र), सेन्ट्रल बजार मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १०% वा अधिकतम १००० रुपैयाँ सम्मको छुट र आश्विन १५ गतेबाट दराज मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२% वा अधिकतम २२२२ रुपैयाँ सम्मको डिस्काउन्ट (यो योजना सिमित अवधिको लागि मात्र ) प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६५ वटा शाखाहरु लगायत १७४ शाखा रहित बैंकिङ, १० वटा एक्सटेन्सन काउण्टर गरी जम्मा ३४९ स्थानवाट १६०० भन्दा बढि कर्मचारी मार्फत ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०५ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७९ असोज १७ सोमवार ०८:०८ मा प्रकाशित

You can share this post!

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...