back
NMB ad

यस्तो रह्यो साताको सेयर बजार, के होला दसैंपछि ?

Kumari bank ad

काठमाडौं । विगत एक वर्षदेखि शिथिल बन्दै आएको सेयर बजार अब कता जाला ? के होला ? भन्ने सर्वत्र चासोको विषय बनिरहेको छ । किन भने दसैंअघिको तीन दिनको कारोबारमा नेप्सेले केही सकारात्मक संकेत देखाएको छ ।

दसैंअघि बजार बढेर बन्द भएको छ । पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा तरलता अवस्था केही सहज हुँदै गएको छ । सीडी रेसियो पनि क्रमशः घट्दै आएको छ । लाभांशको सिजन पनि चलेको छ । यस्तै, विगत वर्षहरुका उदाहरण हेर्ने हो भने पनि तरलता र ब्याजदर पनि चक्रीय प्रणालीमा आधारित हुने गरेको छ ।

हाम्रो प्रणालीमा तरलता अभाव भएको पनि लामो समय भइसकेको छ । सोही कारण विगत १ वर्षदेखि ब्याजदर पनि निरन्तर बढिरहेको छ । तर अहिले ब्याजदर उच्च विन्दुमा पुगिसकेको छ । अब विस्तारै उच्च विन्दुबाट तलतिर आउने प्रक्षेपणहरु भइरहेका छन् । पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा विस्तारै थपिंदै गएको निक्षेपले पनि यही संकेत गर्दछ ।

चुनाव नजिकिंदैछ, यसले पनि बजारमा पैसाको आपूर्ति वृद्धि गर्न सहयोग पुग्नेछ । किन भने यसबेला औचारिक र अनौपचारिक गरी अरबौं रुपैयाँ खर्च हुनेछ । जसबाट बजारमा पैसाको सप्लाई बढ्न जाने विश्लेषकहरु बताउँछन् । यता, निरन्तर घटेको बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ । पीई रेसियोले पनि यसको पुष्टि गर्दछ ।

यस्तो रह्यो साताको सेयर बजार

यस साता नेप्से सूचक ०.८० प्रतिशत ले बढेर १८५३.७६ विन्दुमा बन्द भएको छ । गत साता नेप्से सूचक १८३८.९६ विन्दुमा बन्द भएको थियो । बिहीबार ६३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २६ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।

दैनिक कारोबार रकम

आइतबार साताकै उच्च १.०७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने बुधबार साताकै न्यून ४८ करोड रुपैयाँको कारोबार भयो । यस साता औसतमा दैनिक ७१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

वि.सं.२०७९ असोज १७ सोमवार १२:१५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...