back
NMB ad

सेयरबजार किन लाग्यो अचानक ओरालो ?

Kumari bank ad

काठमाण्डौं । सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ। सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

नेपाली सेयरबजारको दुई दशकको इतिहासमा यसअघि कहिल्यै पनि यति उच्च अंकले घटेको थिएन। सोमबार सर्किट बे्रकर लगाएर बजार बन्द गर्नुअघि नेप्से परिसूचक १ हजार ६ सय ७५ दशमलव ९१ अंकमा पुगेको थियो।

सोमबार बजार सूचकांकले कीर्तिमानी अंकको गिरावट व्यहोरेपछि नेप्सेले तत्कालका लागि लगातार उकालो लाग्ने सिलसिला गुमाएको विश्लेषकहरूले बताएका छन्। नेप्से अघिल्लो सातादेखि नै घट्दो प्रवृत्ति (बियरिस ट्रेन्ड)मा छ। अघिल्लो साताको बुधबार (१२ साउन) नेप्से १ हजार ८ सय ८७ अंकमा पुगेर ओरालो लाग्न थालेको थियो।

व्यापार रकममा पनि भारी कमी

पछिल्ला महिनामा औसत करिब २ अर्ब रुपैयाँको दैनिक व्यापार भएको नेप्सेमा सोमबार ८७ करोड ९४ लाख रुपैयाँभन्दा कमको सेयर व्यापार भयो। कारोबार संख्या पनि औसत १० हजारबाट झरेर ४ हजार ८ सयमा पुगेको छ। यस दिन नेप्सेमा १ सय ३० कम्पनीको ११ लाख ६२ हजार कित्ता सेयर व्यापार भयो।

माओवादीप्रतिको डर पनि कारण

कतिपय ब्रोकरले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पदारोहणबाट लगानीकर्ता डराएको बताएका छन्। खासगरी मारवाडी समुदायका लगानीकर्ता प्रचण्ड प्रधानमन्त्री बनेपछि त्रसित बनेको एक ब्रोकरले बताए। सेयरबजारमा प्रवाह हुने कुल लगानीमध्ये कम्तीमा ६० प्रतिशत मारवाडी समुदायको लगानी रहेको ब्रोकरहरूको अनुमान छ।

‘ठूलो समुदाय भए पनि उनीहरूको विचार समान छ र उनीहरू पहिलेदेखि नै माओवादीसँग सशंकित रहँदै आएका छन्,’ एक ब्रोकरले भने, ‘अहिले बजार घट्नुमा यो मुख्य कारण हो।’ अर्कोतिर बजार उचाइमा पुगिसकेको भन्ने तर्कहरू बाक्लिन थालेका वेला प्रचण्ड प्रधानमन्त्री हुनुलाई ‘घट्ने निहुँ पाएको’ टिप्पणी गर्नेहरू पनि कम छैनन्।

२५ साउन २०७३, ६।००

वि.सं.२०७३ साउन २५ मंगलवार १०:०९ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...