back
NMB ad

गृहमन्त्रीको मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध

Kumari bank ad

भैरहवा । भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो । आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो ।

बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा मेडिकल कलेजबाट जाँदै गरेको रा १ झ १०८ नम्बरको लालमटिया स्वास्थ्य चौकीको एम्बुलेन्स मैत्री पथमा रोकिएको थियो । गल्लामण्डीमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयबाट निस्केको र्‍यालीमा उम्मेदवार नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे तथा नेपाली कांग्रेसका रामचन्द्र ढकाल लगायतको समर्थकहरुको र्‍यालीका कारण एम्बुलेन्सलाई अवरोध हुन पुगेको हो ।

एम्बुलेन्स जाने बाटो नै नभएपछि एम्बुलेन्स र्‍याली अगाडि बढेपछि मात्रै गन्तव्यतर्फ लागेको थियो । गृहमन्त्री नै उम्मेदवार भएपछि भैरहवाको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । रुटमा विपरीत दिशाबाट आउने सवारीसाधनलाई पूर्ण रोक लगाइएको थियो ।

भैरहवास्थित बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता को तालिका रहेको छ ।

वि.सं.२०७९ असोज २३ आइतवार १६:१२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...