back
NMB ad

कैलालीका पाँच प्रतिनिधिसभा सदस्य पदका लागि ५० जनाको उम्मेदवारी

Kumari bank ad

सुदूरपश्चिम । आउने मङ्सिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कैलाली जिल्लामा प्रतिनिधिसभातर्फ ५० र प्रदेशसभातर्फ ९३ जनाले आज उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ ।

प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा विभिन्न दलका तर्फबाट ४० र स्वतन्त्र १० जनाको उम्मेदवारी परेको हो । प्रदेशसभाका १० निर्वाचन क्षेत्रका लागि विभिन्न दलका तर्फबाट ६२ र स्वतन्त्र ३१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ मा ११, क्षेत्र नं २ मा नौ, ३ मा आठ, ४ मा ११ र ५ मा ११ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै क्षेत्र नं १ को (क) र (ख) प्रदेश सभातर्फ १९, क्षेत्र नं २ को (क) र (ख) प्रदेशसभातर्फ २०, क्षेत्र नं ३ को (क) र (ख) प्रदेशसभाका लागि २१, क्षेत्र नं ४ को (क) र (ख) प्रदेशसभातर्फ १९ र क्षेत्र नं ५ को ९क० र ९ख० प्रदेशसभातर्फ १४ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी क्षेत्र नं ५ मा (धनगढी क्षेत्र) परेको छ । यहाँ पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसले कारबाही गरेका पूर्वमन्त्री पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।

प्रदेशसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी निर्वाचन क्षेत्र नं ३ को (ख) मा सात जनाले दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका आकांक्षीहरूले आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयनपत्र दर्ता गराउनुभएको हो ।

कैलाली निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले)का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दर्ता गराउनुभयो ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य नारदमुनी रानाले उम्मेदवारी दर्ता गराउनुभयो । निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभामा कांग्रेसका युवानेता प्रकाशबहादुर देउवा, निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी र सोही क्षेत्रको प्रदेशसभामा अर्का केन्द्रीय सदस्य डा रणबहादुर रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

वि.सं.२०७९ असोज २३ आइतवार २१:१० मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...