back
NMB ad

प्राध्यापकले २ करोड ४० लाख भ्रष्टचार गरेको भन्दै मुद्दा दायर !

Kumari bank ad

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कार्यरत प्राध्यापक भरतराज पहारीविरुद्ध सोमबार भ्रष्टचार मुद्दा दायर गरेको छ ।

अख्तियारले प्राध्यापक पहारीले २ करोड ४० लाख १ हजार ५ सय ९९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले पहारीसँग २ करोड ४० लाख बिगो र बिगोबरावरारको जरिवाना माग गरेको छ । पहारी र निजकी श्रीमती शोभा पहारीको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले प्राध्यापक पहारीले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा उनीविरुद्ध छानबिन थालेको थियो। छानबिनका क्रममा पहारीले राष्ट्रसेवक कर्मचारी रहँदा पेस गरेको सम्पत्तिको विवरण तथा अनुसन्धानको क्रममा गरेको बयानसमेतबाट सम्पत्ति आर्जनको अवैधानिक स्रोत भएको वस्तुनिष्ठ आधारसमेतबाट निजको आयको तुलनामा विद्यमान सम्पत्ति अमिल्दो र अनियमितता पुष्टि भएको ठहर अख्तियारले गरेको छ ।

पहारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर पुष्टि हुन आएकाले बिगो र बिगोबराबरको जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

२५ साउन २०७३, १।४०, नयाँ पत्रिका

वि.सं.२०७३ साउन २५ मंगलवार १४:०६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...