काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको साधारण सभा आज (असोज २८ गते) बस्दैछ । सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।
सभा होटल एम्बास्डर लैनचौर, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
वि.सं.२०७९ असोज २८ शुक्रवार ११:१३ मा प्रकाशित