back
NMB ad

अण्डामा आत्मनिर्भर हुने लक्ष्य सहित ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम लागु !

Kumari bank ad

काठमाडौँ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार साउन देखि ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम लागू गरेको पशुपक्षी विभागले जनाएको छ ।

नेपाल अण्डा उत्पादक संघका अनुसार हाल दैनिक २० लाख वटा अन्डा व्यावसायिक रुपमा उत्पादन भइरहेको छ । अहिले बजारमा अन्डाको खुद्रा मूल्य प्रतिवटा १३ रुपैयाँ तिर्नुपर्छ । व्यापारीले ११ रुपैयाँ तिरेर अन्डा आयात गर्दा वार्षिक एक अर्ब १० करोडको अन्डा भारतबाट आयात हुँदै आएको अनुमान गरिएको छ ।

पशुपक्षी विकास मन्त्रालयको तथ्याङकअनुसार हाल वार्षिक ९० करोड वटा अन्डा यहाँ उत्पादन हुन्छ । आगामी एक वर्षपछि सो उत्पादनमा ११ दशमलव ११ प्रतिश वृद्धि गर्न सक्दा मात्र एक वर्षभित्र नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर हुने लक्षण देखिन्छ । व्यावसायिक रुपले अन्डा उत्पादन हुँदा वार्षिक ७२ करोड वटा र ग्रामीण क्षेत्रमा स्थानीय जातका कुखुराबाट १८ करोड गरी ९० करोडवटा अन्डा स्वदेशमा उत्पादन हुने गरेको संघले बताएको छ ।

आगामी वर्ष अन्डामा आत्मनिर्भर हुन सरकारले साउनदेखि ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम लागू गरेको छ । सो कार्यक्रम पूर्णरुपमा लागू भएपछि यहाँ वार्षिक झन्डै एक अर्बवटा अन्डा उत्पादन हुने अनुमान गरिएको छ ।

२६ साउन २०७३, १२।३०

वि.सं.२०७३ साउन २६ बुधवार १३:१७ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...