back
NMB ad

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

Kumari bank ad

दैलेख । जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध छन् । यहाँका कृषकले जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा होमिएका हुन् । उक्त गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउने अभियानमा समेत स्थानीय सक्रिय छन् ।

डिसिए नेपालको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित ग्रिन कर्णाली परियोजना र युरोपियन युनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा सञ्चालित उत्थान परियोजनाले तरियाँका कृषकहरूलाई विभिन्न सहयोग गर्दै आएको छ ।

गाउँमा तरियाँ बेमौसमी तरकारी उत्पादन कृषक समूह गठन गरिएको छ । समूहमा १५ जना किसान आबद्ध छन् । सोसेक नेपालबाट यहाँका कृषकहरूलाई १० वटा फलामे पलाष्टिक घर र २० वटा कच्ची पलाष्टिक घर सहयोग उपलब्ध गराइएको उत्थान परियोजनाका कृषि प्राविधिक संगम बिस्टले बताइन् ।

उनका अनुसार कृषकलाई १५ वटा पहेँलो पासो, १५ वटा मोहनी पासो, २० वटा पलाष्टिक पोखरी, २० वटा हजारी, ३० वटा जैविक विषादी बनाउने पलाष्टिक ड्रम, २० वटा थोपा सिँचाइ, २० वटा दाँते, १५ वटा लिफ कलर चार्ट, ३० वटा पन्जा र २० जोर गार्डेन पाइप सहयोग गरिएको छ । स्थानीय ३० घरधुरीमा भकारो सुधार कार्यक्रम समेत कार्यान्वयन गरिएको छ ।

कृषि प्राविधिक बिस्टले तरियाँ गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउन उत्थान परियोजना र ग्रिन कर्णाली परियोजनाबाट विभिन्न गतिविधि सञ्चालन गरिएको बताइन् । ग्रिन कर्णाली परियोजनाले गाउँमा हरित प्रवर्द्धनका लागि १५ जना कृषकलाई तीन सय कागतीका बिरुवा दिएको थियो ।

गाउँका कृषकहरू अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा हौसिएको स्थानीय कर्णबहादुर थापा बताउँछन् । गाउँमा तरियाँ बेमौसमी तरकारी उत्पादन कृषक समूहका अध्यक्ष समेत रहेका थापाले गाउँका सबै कृषकहरूले तरकारी खेती लगायतका गतिविधिमा जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाइरहेको बताए ।

समूहका सचिव जयबहादुर खड्काले कृषकहरूले टनेलमा तरकारी खेती गरिरहेको बताए । ‘भकारो सुधार कार्यक्रम कार्यान्वयन गरिएको छ,’ उनले भने, ‘हामीले नमुना गाउँ बनाउन जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाएका छौँ ।’

वि.सं.२०७९ असोज ३१ सोमवार २०:५९ मा प्रकाशित

You can share this post!

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...