back
NMB ad

मुलुक समृद्धिको मूलबाटो जलविद्युतको विकास

Kumari bank ad

आजभन्दा ५४ वर्षअघि जलस्रोतविद् डा. हरि मान श्रेष्ठले विद्यावारिधि गर्ने सिलसिलामा आफ्नो कार्यपत्रमा नेपालको जल विद्युत् क्षमता ८३ हजार मेगावाट भनेर उल्लेख गर्नभएकोलाई नै आधार मानेर हामी नेपालको जल विद्युत्को उत्पादन क्षमताको कुरा गरिरहेका छौं । त्यो समय पहुँच, प्रविधिको विकास आदिले उक्त आंकडालाई थप समृद्ध बनाउन जरुरी छ ।

वि.सं. १९६८ सालमा बनेकी ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत् एसियाको तेस्रो योजना थियो तर त्यो बनेको एक सय वर्ष व्यतीत हुँदा पनि हामी एक हजार ५०० मेगाबाट उत्पादन कटाउन सकिरहेका छैनौं । नेपालको विकासको बारेमा सोच्दा, विकासको मूलबाटो के होला भनेर मनन गर्दा सबैतिरबाट जल विद्युत्मै गएर ठोकिन्छ हुन पनि जोसंग जे सामर्थ्य छ, त्यसैलाई आधार बनाएर अगाडि बढ्नु अनुचित हुँदै होइन । हामी यसैमा धनी छौं भने हाम्रो समृद्धिको यात्रा यसैले तय गर्दछ, गर्नुपर्दछ पनि ।

कृषिको विकास नभई कृषि प्रधान मुलुकका विकास हुन्न । कृषि विकासका समस्यामा मल सिंचाइ र बजार मुख्य हुन् हावामा मिसिएको नाइट्रोजन तानेर नाइट्रोजन मल कारखाना खोल्ल एक सय मेगावाटभन्दा बढी विजुलीको जरुरी पर्ने हुनाले विद्युत्बाट मल कारखाना खोल्न सकियो भने मल स्वदेशमै प्राप्त हुन्छ । घरेलु कम्पोस्ट मलका रूपमा गाई, भैंसी आदिको गोबर प्रयोग गर्न सकिन्थ्यो । तराई र पहाडका बेंसीमा गोबर वाट अधिकांशले गोबरका गुईठा बालेर खाना पकाउने गरिएको छ । गोबर वाल्ने र आयातित विकासे मल हाल्ने कारणले माटो बिग्रने र थप लागत बेहोर्न परिरहेको छ राज्यले गोबर खेतमा हाल्नुस, इन्धनको विकल्प विद्युत् दिन्छौं भन्यो भने अग्यानिक र स्वदेशी मल प्राप्त हुन्छ । कृषिले मल पाउनेछ, हामीले अर्ग्यानिक उत्पादन ।

तराईमा जमिनमुनि पानी छ । भौगोलिक बनावटअनुसार कतै ८/१० फिटमै त कतै दुई/तीन सय फिट तल पानी भेटिन्छ पानी तान्न डिजेलका जेनेरेटर, दमकल चलाउनु परेको कारणले लागत बढ्छ, कृषकले धान्न सक्दैनन् । आकाशतिर हेरेर खेती गर्न परिरहेको छ । पहाडका बेंसीमा पनि केही दूरीमा खोला, नदी, खोल्सा, बगिरहेका छन् । पानी तान्न सुलभ विद्युत् दिन सके हाम्रा खरानीटारहरू हरियाली तरेलीमा रूपान्तरण हुन सक्छन् । विद्युत्बाट बेसीका खोलाको पानी तान्दै डाँडाको टुप्पोमा पुन्याएर सबैतिर हरियाली बनाउन सकिन्छ ।

बजारका लागि र आवागमनको सन्दर्भमा समग्र यातायात र ढुवानीलाई विद्युत्मा आधारित गरेर रोप-वे, केबुलकार, ट्रलिक्स, रेल यातायात सञ्चालन गर्न सकिन्छ बर्सेनि खर्वौको डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासको आयातलाई प्रतिस्थापन गर्न जलविद्युत्को समग्र उपयोगले मात्र सम्भव हुन्छ ट्रकबाट ढुवानी गर्नको सट्टा उत्तर-दक्षिण, पूर्व-पश्चिम रोप-वे खोल्ने, रेल सेवा चलाउने, बस, कारका काम विद्युत्‌मा आधारित गर्न सक्दा र भान्सामा एलपी ग्यासको सट्टा गोबर ग्यास वा विद्युत्बाट गर्न सके पर्यावरण जोगिने, विदेशी मुद्रा जोगिने र समग्रमा आत्मनिर्भर अर्थतन्त्रको विकास हुनेछ । डाँडाहरू, बेसी र टारहरू जताततै बिरालाले चिथोरेको जस्तो डोजर चलाएर बसेको ठाउँ भत्काएर पर्यावरण बर्बाद भएको छ । केबुलकारले बाटोको काम, (परिवहन, यातायातको काम) पर्यावरण नविगारी गर्न सकिन्छ ।

वन फडानीको ८० प्रतिशतभन्दा बढी कारण दाउरा (इन्धन) रहेको एक अध्ययनले देखाएको छ । फर्निचरका निम्ति र तस्करी हुने मात्रा पनि ठूलो छ । दाउरा बाल्ने बिस्तारै ग्यासतर्फ आकर्षित भइरहेको अझ विडम्बनापूर्ण अवस्था छ वन जोगाउन वृक्षरोपण, भूक्षय रोक्न विभिन्न उपाय, बाढी पहिरो रोक्न ठूला परियोजना सञ्चालन गर्नको सट्टा दाउराको विकल्प बिजुलीलाई बनाउन सक्दा वन बुट्यान विरुवा बढेर पर्यावरण जोगिनेमा विश्वस्त हुन सकिन्छ। वास्तविक रूपमा बल्ल हरियो वन नेपालको धन हुन सक्नेछ ।

सात हजारभन्दा वढी खोलानालाले सम्पन्न मुलुक नेपालका खोलाहरूले नेपालीलाई सिंचाइ सुविधा दिनुको सट्टा, विद्युत् दिनुको सट्टा बाढी र पहिरोको वितण्डा मच्चाउनुको मुख्य कारण नै वन, वृक्षरोपण, पर्यावरणमा सन्तुलन गर्न नसक्नु हो । जलविद्युत्बाहेक अरूले यो अवस्था रोकिन्न । वन फँडानी रोक्ने हो भने दाउराको विकल्प बिजुली दिनु जरुरी छ ।

उद्योगधन्दा, कलकारखाना खोल्न, सञ्चालन गर्न पर्याप्त र भरपर्दो विद्युत् सस्तो सुलभ रूपमा उपलब्ध गराएर सकिन्छ । हाम्रा उद्योगहरू जेनरेटर चलाएर सञ्चालन गर्नपर्ने अवस्थाबाट मुक्त हुनुपर्दछ । रोजगारी सिर्जना, उत्पादन वृद्धि, मुलुक समृद्ध बनाउने उद्योगधन्दा कलकारखानाको विकासले नै हो । उद्योगमा विद्युत् मुख्य कुरा हो । आठ हजार मिटरभन्दा अग्ला विश्वका सर्वोच्चलगायत उच्च शिखरहरू रहेको हाम्रो सुन्दर मुलुकमा पूर्वदेखि पश्चिमसम्मका हिमाली दृश्यावलोकन गर्न केवलकारको व्यवस्था गर्न सकिदा पर्यटक थामी नसक्नु हुनेछ। यहाँका जैविक, सामाजिक, सांस्कृतिक, भौगोलिक विविधताको मज्जा लिन पर्यटकका रुचिका विषयको प्रवर्द्धन गर्नपर्दछ । सुरम्य वातावरण, हरियाली, रसिलोपन शान्त, सौम्यताले पर्यटक लोभिन्छन् । यस्तो अवस्था ल्याउन विद्युत् नै जरुरी छ ।

हाम्रा जडीबुटीहरू सदुपयोग गर्न सकिएको छैन कर्णाली क्षेत्र समृद्ध छ । देशैभरि जडीबुटी छन् । सङ्कलन गर्न, ढुवानी गर्न, प्रशोधन र सञ्चय गर्न एवं बजारसम्म पुग्ने गरी प्रबन्ध गर्न रोप-वे, केबुलकार, गोदामको व्यवस्थापन गरिनुपर्दछ यसको निमित्त पनि विद्युत् चाहिएको छ ।

यसरी कृषि, वन, वातावरण, सिंचाइ, परिवहन, उद्योग, जडीबुटी, खानी, सञ्चालन परिचालन, ढुवानी आदि जता पनि जलविद्युत्‌को प्रयोग गर्न नसकिने कुनै क्षेत्र छैन । अहिले गरिराखिएको विद्युत् उत्पादनले उपयोगको पिक आवर (बिहान ६-९ र बेलुकी ६-९) मा विद्युत् नपुग भई आयात गर्नपर्ने र अरू बेला केही खेर जाने अवस्था छ । विद्युत् उत्पादन बढाउने, प्रसारण बढाउने र उपयोग बढाउने काममा बजेट निर्माताको, योजनाविद्हरूको ध्यान जान जरुरी छ ।

सस्तो, सुलभ र करिब निःशुल्क विद्युत् कृषक, गृहस्थ, उद्योगधन्दा कलकारखानालाई दिन सके थुप्रै नेपाली मुद्रा विदेशिन रोकिने मात्र हैन आउन सुरु गर्नेछ । मुलुक समृद्ध हुने मूलबाटो जलविद्युत् को विकास र यसको बहुउपयोग हो भन्नेमा कुनै शङ्का छैन । यसतर्फ हामी सबैको समयमै ध्यान जान जरुरी छ ।

(नेकपा एमाले उपत्यका विषेश कमिटीद्वारा प्रकाशित मूलबाटो पुस्तकबाट साभार)

 

वि.सं.२०७९ कात्तिक २ बुधवार १२:५० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...