back
NMB ad

सिद्धार्थ बैंकको क्यासब्याक योजना सार्वजनिक, ४०० रुपैयाँ क्यासब्याक पाइने

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तिहारको शुभ अवसरमा क्यासब्याक योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ४ सय रुपैयाँ क्यासब्याक योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा ४०० रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् ।

यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २० हजार रुपैयाँ भन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजि बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १४:०२ मा प्रकाशित

You can share this post!

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...