back
NMB ad

ज्याकलिनलाई गिरफ्तार नगर्न अदालतको आदेश

Kumari bank ad

मुम्बई । सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड ‘मनी लन्ड्रिङ’ मुद्दामा बलिगड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित भइन् । बयान दिन उपस्थित उनलाई अदालतले आगामी सुनुवाईसम्म गिरफ्तार नगर्न आदेश दिएको छ । यो मुद्दाको आगामी सुनुवाई १० नोभेम्बरमा हुनेछ ।

अदालतले प्रवर्तन निर्देशनालय ९इडी०लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो । इडीले भने जवाफ पेश गर्नका लागि समय मागेको छ । अदालतले ज्याकलिनको वकिललाई आफ्नो चार्जसिटको कपी सबै आरोपीलाई दिएको छ कि छैन भनेर सोधेको थियो । जवाफमा वकिलले आफूलाई इडीले अदालतमा दिने भने पनि हालसम्म नपाएको बताएका थिए ।

सुकेश हाल जेलमा छन् । सुकेशमाथि कैयौं व्यक्तिलाई ठगेको आरोप छ । गत १७ अगष्टमा इडीले चार्जसिट दर्ता गराएको थियो । जसमा ज्याकलिनलाई पनि २ सय करोडको रकम असुलीमा आरोपी पाइएको थियो । यसमा कैयौं साक्षी र प्रमाणलाई आधार बनाइएको थियो । यसपछि अदालतले उनलाई पत्र पठाएको थियो । आफूमाथि आरोप लागेपछि ज्याकलिनले वकिलमार्फत जमानतको याचिका दर्ता गरेकी थिइन् ।

यो मुद्दालाई लिएर इडीले कैयौं पटक ज्याकलिनमाथि सोधपुछ गरेको छ । सोधपुछमा आफूले सुकेशसँग विवाह गर्न चाहेको खुलासा गरेकी थिइन् । दिल्ली पुलिसको आर्थिक अपराध शाखाले पनि ज्याकलिनसँग १५ घण्टा सोधपुछ गरेको थियो ।

वि.सं.२०७९ कात्तिक ५ शनिवार १५:३२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ जेठ १३ आइतवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:१३

काठमाडौं ।साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

पूर्वाधारको पर्खाइमा कोरला नाका   

पूर्वाधारको पर्खाइमा कोरला नाका   

वि.सं.२०८१ जेठ १३ आइतवार १४:३०

म्याग्दी, १३ जेठ : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको...

प्रभु बैंक र  फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १३ आइतवार १४:१६

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

वि.सं.२०८१ जेठ १३ आइतवार १३:५९

काठमाडौँ, १३ जेठ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को...