back
NMB ad

१०.०५ मेगावाटको सुनकोसी जलविद्युत पुनःनिर्माण तिव्र गतिमा !

Kumari bank ad

चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गत असार २१ गते राति आएको बाढीले क्षति पुयाएपछि बन्द भएको १०.०५ मेगावाटको सुनकोसी जलविद्युत् केन्द्रबाट केही दिनभित्रै उत्पादन सुरु हुने भएको छ ।

बाँधस्थलमा नदी फर्काएर जोडतोडका साथ काम भइरहेको हुँदा यन्त्रले निरन्तर रुपमा काम दिएमा साताभित्रै सम्पन्न भई पुनः उत्पादन सुरु गरिने नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले जानकारी दिए ।

जुरे पहिराले करोडौँ मूल्य बराबरको भौतिक क्षतिपछि बन्द आयोजनालाई केही महिनाको प्रयासमा तीन टर्वाइनमध्ये दुई वटा चालु गरी सात मेगावाट क्षमताको विद्युत् उत्पादन हुँदै आएको थियो । गत असार २१ मा भोटेकोसीमा आएको बाढीले पुनः क्षति पुयाई बन्द आयोजनालाई एक सातापछि सञ्चालनमा ल्याइए पनि चार घन्टापछि नै बन्द भएको थियो ।

भूकम्प र बाढीले बाँधमा ठूलो क्षति पुगेपछि सञ्चालन गर्न रु ७० लाख बजेटमा ठेक्का दिइएको थियो । ठेक्काको काम सम्पन्न भइसकेपछि बाढीले सबै बगाएको छ । अब रु १०/१२ लाख खर्चमा सबै काम हुने र दुई वटा टर्वाइन चालु गराई पाँचदेखि सात मेगावाट विद्युत् साताभित्रै उत्पादन हुने प्रमुख दाहालले बताए ।

केन्द्रका अनुसार भूकम्पबाट करिब रु ५० करोड मूल्य बराबरको भौतिक सम्पत्ति क्षति भएको थियो । भूकम्पबाट ४५ मेगावाटको माथिल्लो भोटेकोसी, ३.१ मेगावाटको भैरवकुण्ड र ४.२ मेगावाटको बरम्ची आयोजनासमेत कुल ५२.३ मेगावाटका तीन आयोजना पूर्ण रुपमा बन्द भएका छन् ।

२९ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन २८ शुक्रवार १३:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...