back
NMB ad

पुँजी बजारका समस्या समाधान गरी लगानीकर्ताको मनोबल उठाउने काम गर्छु : विष्णु पौडेल

Kumari bank ad

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले पुँजी बजारको विकास र विस्तारमा विशेष ध्यान दिइने बताएका छन् । बुटवलमा आज एक कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले पुँजी बजारका समस्या समाधान गरी लगानीकर्ताको मनोबल उठाउने काम आफुले सदैव गरेको र गर्ने जनाएका छन् ।

उनले लगानीकर्ताको लगानी तथा प्रतिफल सुरक्षित गर्ने प्रतिबद्धता आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । उनले आफ्नो घोषणापत्रको उद्योग तथा ब्यापार शिर्षकको १० नम्बर बुँदामा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा पौडेलले भविष्यमा रुपन्देही २ मात्र नभई जिल्लालाई नै विकासको रोलमोडेल बनाउने घोषणा पनि गरेका छन् । उनले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रूपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने बताएका छन् ।

पौडेलले आफ्नो एजेन्डामा निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीयस्थलमा विकास गर्ने उल्लेख गरेका छन् ।

यस्तै, वृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने पनि पौडेलको घोषणापत्रमा उल्लेख छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

वि.सं.२०७९ कात्तिक २० आइतवार १६:५८ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...